पेट भर्ने ढिडो रोटो खाना भए पुग्छ
नांगो जिउ ढाक्ने कुनै नाना भए पुग्छ
खोज्या छैन ताज महल देखावटी गर्न
घाम पानी छलाउने छाना भए पुग्छ
एकान्तको साथी मान्दै दु:ख पीर भुल्न
झ्याउरे लय जेभए’नि गाना भए पुग्छ
बिछोडिएका आफन्ताको सम्झनामा डुब्दै
मन भित्रका शब्द अट्ने पाना भए पुग्छ
चुलो बाल्न गार्हो भयो के को मुरी पाथी
साँझ बिहान खान पुग्ने माना भए पुग्छ
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )