गजल : अल्मलिएको आभास हुन्छ

~इलामेली टीकाराम दुलाल~Ilameli Tikaram Dulal

कल्पनाको दुनियामा अल्मलिएको आभास हुन्छ
निर्दोस नयनमा आसु छचल्किएको आभास हुन्छ

उनि र मेरो दुरी टाढा भएर होला सायद मलाई
छाती भित्र मुटू चर्चर चिरिएको आभास हुन्छ

खुल्दुली छ मन भरि बेचैन हुन्छ आज भोली
अनायासै बिना कारण आतिएको आभास हुन्छ

मृदु नयन कोमल शरिर मैले मेरै वरिपरी देख्छु
बिछिप्तले भावनामा पिल्सिएको आभास हुन्छ

सम्हालेर खुदबखुद होसमा आउछु जब अनि
उनको तस्बिर दिल भित्र सजिएको आभास हुन्छ

२०७३।०४।२८ रोज ६
इलामेली टीकाराम दुलाल
नक्साल, काठमाण्डौ

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.