~रश्मिला कवाङ~
पर्दाखेरी आउन्दैन पढेलेखेकाहरु
चहिने ठाउँमा धाउदैनन् पढेलेखेकाहरु ।
धर्तीदेखि आकाश सवै खोतले भन्छन्
आखिरमा खास केहि पाउँदैनन् पढेलेखेकाहरु ।
विकासपथ हाँक्ने जिम्मेबारी तिनले लिन्छन्
श्रमको गित कतै गाउँदैनन् पढेलेखेकाहरु ।
योग्यताका प्रमाणहरुको खात छ
मौकामा हिरा फोर्न ,तापनि जान्दैनन पढेलेखेकाहरु ।
मुलढोका-४, भक्तपुर
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )