~दलबिरसिँह बराइली “घायल”~
सुनायौ तिमीले कहानी छ नौलो ।
म साँच्चै भनौ त्यो जवानी छ नौलो ।
ति लाखौ जलेथे रुपैले भुसुक्कै
म आफै जलेको खरानी छ नौलो ।
भुलेछौ ति पीडा मलाइ दिएको
निको भा’नि बाँकी निशानी छ नौलो ।
न रुन्छौ न हाँस्छौ तिमी हौ र ढुङ्गा?
ल माया गरौँ है लगानी छ नौलो ।
म माया गरेरै भएको छु कैदी
छुटाई दिएनन् जमानी छ नौलो ।
बहर – मुतकारिब मुसम्मन सालिम
गुप्तेश्वर-३, रामेछाप ।