~आवाज शर्मा~
आज मेरो जिन्दगीमा रातभन्दा के छ बाँकी ?
या तिमी छौ या त तिम्रो घात भन्दा के छ बाँकी?
गल्ल हाँसे मूर्खतामा छोइ आफ्नै घाउ सारा..
खोज्छु केही मात्र पीडा खात भन्दा के छ बाँकी?
अस्ति चाख्यौ स्वाद नौला मूलसम्मै फूलहजारौँ..
दोष आफ्नै भान भुल्ने मात भन्दा के छ बाँकी?
खेल स्वप्नीलको तिमी मस्ती गिदीमा लात मारी..
दान पाएँ मात्र घातक बात भन्दा के छ बाँकी?
बल्ल मेरो धर्म सम्झेँ चाह तिम्रो पूर्ण पारेँ..
देवतामा सुम्पिएको पात भन्दा के छ बाँकी ?
मान आशिस आज मेरो साथ देऊ अन्त चाहीँ
भो बलेसी आँसु धारा छाप भन्दा के छ बाँकी?
बहर : रमल मुसम्मन सालिम