कविता : अवैध मान्छे

~दिलदुःखी जन्तरे~Dil Dukhi Jantare

यो धर्तिमा
पशुपंक्षी, किराफट्याङ्ग्रा
वनस्पति , जीवजन्तू
भन्दा अवैध रहेछ मान्छे ।

चरा जत्ति नि स्वतन्त्र उड्न नसक्ने
रुख जत्ति नि निर्धक्क उभिन नस्क्ने
खोला जत्ति नि सलल बग्न नसक्ने
जनावर जत्ती नि मान्यता नभएको
एक नम्बरको अवैध रहेछ मान्छे ।

यमराजले मान्छेहरु धर्तीमा नजाउन भनेर
कडा व्यवस्था गरेकोले सायद
लुकि छिपी चोर बाटो हुँदै
धर्तीमा प्रवेश गरेर होला
रोइ रोइ जन्मिन्छ
पेस्न थाल्छ वैध हुने प्रमाणहरु
धर्ती सँग
जस्तो कि
आमाको दुध चुस्दै
पानी पिउदै
भात तरकारी खादै
हर तरह प्रयास गरिरहन्छ
वैध बन्न

जब यमराजको सुरक्षाकर्मिले समाउछ्न
विन्ती भाउ ठुलै गर्छ
धामीझाँक्री डाक्टरहरुलाइ दुत बनाएर
सकेसम्म खुवाउन थाल्छ घुस
जसरी पनि बाच्न पाउँ भन्दै ।

भाग्दै हिड्छ
लुक्दै हिड्छ
छलिदै हिड्छ
यसो गर्दागर्दै
बचपन अन्योल
जवानी रवाफ
सकिएर
बूढो हुँदै जान्छ
बल बुता सकिदै जान्छ
जति नै कागजात पेस गरे पनि
खै पुग्दैन पुग्दैन
ठहरिन्छ अवैध
कठोर बन्दै जान्छ
यमराजको दुत काल
एक दिन थलो पर्छ
अनि आत्मसमर्पण गर्छ
हतघडी लगाइ लगाएर
र वैध बनाएर लैजान्छ्न यमराजका सेनाहरुले
सबैलाई रुवाएर जान्छ मान्छे
यो धर्तीमा
पशुपंक्षी, किराफट्याङ्ग्रा
वनस्पति , जीवजन्तू
भन्दा अवैध रहेछ मान्छे ।

(स्रोत : Nayasamachar.com)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.