छोक : कसम

~उपेन्द्र सुब्बा~Upendra Subba_1

वैश ढल्यो तर मन ढलेन
कि कसोकसो
यी आँखा तिमीलाई नै खोजिरहन्छन्
त्यो दिन–
सप्पै याद छ
घामको उचाइ नापेर जुवामा–पाँच जुव
बलेसीमा खसेको छायाँ नापेको नौ पाइला
र कहिले नभेट्ने वाचा गरी छुट्टिएको
सप्पैसप्पै याद छ
तिमीलाई बिर्सिदिन्छु भनी मैले
चन्द्रसुर्जे भाकी कसम खाको पनि याद छ
केश फुल्यो
उमेर ढल्यो तर मन ढलेन
कि कसोकसो
यो मन तिमिलाई नै सम्झिरहन्छ ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.