~केशब आचार्य~
ठग्छ भने नियतिले मलाईमात्र ठग्दै गरोस
हर्छ भने जिन्दगीको हाँसो,खुशी सबै हरोस ।
कत्ती मात्र हाँसी बसुँ पीरब्यथा लुकाएर
मेरै मात्र कर्म खोटो खाल्डो भित्र परे परोस ।
अघी बड्न खोज्दा सधैं भूमरिले छेक्छ किन
नफक्रदै जिन्दगी यो झर्छ भने पनि झरोस ।
सम्भालिदै आफु पनि अरु जस्तै बड्न खोज्दा
दैव तेरो ”केशु”पनी मर्छ भने आजै मरोस ।
रचना २०५३ साल
बोल्डर्, कोलोराडो, अमेरिका
(स्रोत : कविता कुसुम)