गजल : छातीभरि देश दुख्छ

~तारा धुर्कापानी~

जातजाति चर्किदिँदा छातीभरि देश दुख्छ ।
मधेश, पहाड झर्किदिँदा छातीभरि देश दुख्छ ।

परिवर्तनको उद्घोषमा अवलाका आँसु देखी
नाङ्गो बालक तर्सिदिँदा छातीभरि देश दुख्छ ।

क्रान्तिका यी नारासँगै वगवासा र सन्दकपुर
साँगुरिई तर्किदिँदा छातीभरि देश दुख्छ ।

न्यानो काख छाडी परदेश जाने छोराका आँखामा
तप्प आँसु वर्षिदिँदा छातीभरि देश दुख्छ ।

ऐतिहासिक गौरव अनि लुम्बिनी-सगरमाथासँगै
धरोहर मर्किदिँदा छातीभरि देश दुख्छ ।

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.