~श्रृजना क्षेत्री~
मलाई हेरी मुस्कुरायौ,मख्ख परे म!
मुस्कुराउदै पास आयौ,मख्ख परे म!
न त हेर्यौरुप न त हेर्यौसम्पति नै
केवल चोखो माया लायौ,मख्ख परे म!
समाई मेरो हाथ देवी-देवता साची
सँगै बाच्ने कसम खायौ,मख्ख परे म!
त्यागेर आफ्ना आफन्तहरु सबै तिम्ले
मलाई मुटु मा ब’सायौ,मख्ख परे म!!
दुखिरहन्थे म बिरह मा एक्लै एक्लै
तिमी आयौ मुटुमा छायौ,मख्ख परे म!!
मेरो सम्झना मा हराउदै पिरती को
मिठो गित गुनगुनायौ,मख्ख परे म!!
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान )