कविता : हिउँद

~देव नारायण शर्मा~

बिहानी पख * परेवा जोडी * कुर्लिन्छन के राम्रा ।
टिस्टा र रङगीत कोशी र भेरी उर्लिन्छन है हाम्रा ।

सुर्यको आशमा * बसेका बासमा * पुर्वनै हेर्दैछन ।
घमको किरण * धर्तीमा पर्दा * ठुलोसास फेर्दैछन ।

हिउँदको दिन के साह्रो राम्रो घाम लाग्यो घमाइलो ।
चाड र पर्व * यसैमा पर्छन * के साह्रो रमाइलो ।

नाम्ला र डोका कृषकका पोका बिसतारि खुल्दैछन ।
वारी र पारी * घाँसका भारी * लिकन डुल्दैछन ।

हिउँदका घाम * हे राम राम * मोहनी लगाउने ।
पलेंटी कसे * जतिनै बसे * औ ईच्छा जगाउने ।

बादलका टुक्रा * स-साना थुप्रा आकाशै जाली भो ।
बेलुकी पख * पश्चिम हेर्दा रक्ताम्मे लाली भो ।

सिरेटो चल्यो * साँझबत्ती बल्यो * सुर्यनै अस्ताए ।
पशु र पक्षी * बसे है बास * बालबच्चा निस्ताए ।

तर …….
चन्द्र र तारा * उदाए सारा * झलल गगनमा ।
मानिस सारा * मिलाई पारा * सुतेहै मगनमा ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.