~बालमुकुन्द कार्की~
मेरो छेउमा एउटा मान्छे छ
ऊ मेरो आँगनमा घाम नउदास् भन्छ
मेरा परेवाहरू नघुर्घुराउन् भन्छ
मेरो बगैँचामा वसन्त नआस् भन्छ
मेरा फूलहरू नमग्मगाउन् भन्छ।
ऊ यतिसम्म भन्छ
मेरो घरमा हावा नछिरोस्
मेरो घरमा खोला पसोस्।
मेरो छेउमा एउटा मान्छे छ
कहिले ऊ मेरो घरले
गुन्द्रुक झनेको आवाज ठूलो भन्छ
ऊ गुलाबमा फगत गुलाब देख्छ
म गुलाबभित्र जीवन देख्छु
ऊ सुनलाई महत्व दिन्छ
म फलामहरूमा नङ्ग्रा घोट्छु।
मेरो छेउमा एउटा मान्छे छ
जो म हिमालमा नमुस्काउँ्क ठान्छ
पहाडमा गुराँस नबनूँ भन्छ
फाँटहरूमा नझुलूँ भन्छ।
(स्रोत : हिमाल खबरपत्रिका पूर्णांक २७३)