बढी दिंदा पीर व्यथा धेरै मुटु दुख्छ मेरो !
बाँच्ने इच्छा हुँदाहुँदै आफै सास रुक्छ मेरो !
सजिलो नै कहाँ छ र चोट सही हाँस्नलाई
खुशीहरु सधै भरी आँशु सामु झुक्छ मेरो !
लगाएर बारहरु जोगाउन खोज्दा खोज्दै
स्वार्थी एकै किरा लाग्दा आशाहरु सुक्छ मेरो !
उज्यालोमा साथ दिई खाँचो पर्दा अँधेरीमा
औशिको त्यो रातमा झै भाग्य चन्द्र लुक्छ मेरो !
बढी दिंदा पीर व्यथा धेरै मुटु दुख्छ मेरो !
बाँच्ने इच्छा हुँदाहुँदै आफै सास रुक्छ मेरो !
कुश्मा , पर्वत
हाल इजरयल