~रुमन न्यौपाने ‘अमन्त’~
लेखक अपरिचीत छ । कथाको बास्तबिक मिती छैन र कथाको अघील्ला पन्नाहरु पनी हराएका छन् । म कथाहरु रोचक हुनुपर्छ भन्ने मान्यता राख्छु । कथाहरु जहीले पनी रोचक हुन्छन् नै । कथाको प्रशङ्गग ठिक संग गरिएको छैन । यो ईतीहाँसको भुर्गभ बाट निस्कीएको कथा हो । कथाको संम्पादन/परिमार्जन हुँदै छ । अपरिचीत लेखक यसरी लेख्छ…….
सन् यतीको दशकतिर बनेको एउटा पुरानो Gingerbread House। ‘Agapeto‘ basement हुँदै उत्तरतिरको बगैंचाबाट निस्कीएको छ । शरिर गलेको । निधार बाट पसिना तरतर चुहीएको । निख्खर कालो अधबैंसे मानीस । Agapeto Crape Myrtle को रुखलाई नियालेर उभीएको छ । उ हतार हतार आएको हो र basement तिर पटक पटक र्फकीएर हेर्दै छ । गाढा रातो गरी फुलेको crape myrtle को हाँगालाई पिट्ट भाँच्छ । फेद देखी टुप्पो सम्म रुखलाई नियाल्छ । लोलाएको आँखा । भुक्क फुलेको ओठहरु । Agapeto रुखको फेदलाई समाएर खुब संग हल्लाउँछ । झरेको राता फुलहरुलाई पोल्टा भरी भरेर फेरी basement तिर र्फकन्छ । रुखतिर एक पटक फर्किएर आकस्मीक भाबले हेर्छ । एउटा मधुरो ध्वनी कान सम्म आईपुग्छ । ‘म मरे भने मेरो लाश यही रुख मुनी गाड्नु’ ।
उ दौडीएर basement तिर पुग्छ । हल्का संग अघी पुरेको माटोलाई हटाउँछ । एउटा लाश छोपीएको छ । उ लाश लाई उठाउँछ र भँइलाई लेराएका फुलहरुले पुन सजाँउछ । हो । crape myrtle का फुलहरुले । श्रिमती उन्याको हत्या भएको छ । Agapeto ले लाशलाई गाडी सकेको थियो तर श्रीमती उन्याको भनाईलाई संझदै उ फुल लिन निस्कीएको हुन्छ । उसले उन्याको लाशलाई फुल माथी सुतायो र फेरी लाशलाई माटोले पुरीदियो । basement को उत्तर तिरको ढोका बाट फेरी बगैंचामा निस्कीएर उ रुखलाई पुन नियाल्दै छ । उन्याले भनेको सबै कुराहरु Agapeto लाई याद छ । ‘तिमीलाई थाहा छ, फुलको सुगन्धले मेरो लाशलाई गनाउन बाट रोक्ने छ’ । श्रीमती उन्या पानी परेर रोकीएको उज्याला दिनहरुमा प्राय जसो भन्ने गर्थी । अहीले सम्म यो खबर कतै पुगेको छैन ।
Agapeto लाई पनी थाहा छैन हत्या यती पछी कीन भयो भन्ने कुरा । उसले गए रातीको घटना संझीयो । उनीहरुले संगै खाना खाएका थिए । भर्खरै बजारमा आएको comedy movie ‘THE PETER’ हेरेका थिए र राती संम्भोग गरेका थिए । सबै सामान्य थियो । पछिल्ला केही दिनहरुमा कुनै नराम्रो घटना घटेका पनी थिएनन् । Agapeto लाई थाहा छ उसले हिजो दिनभरीमा एउटा पनी गमला सिढीं बाट खसालेको थिएन । सबै अभुतर्पब रुपले सामान्य थियो । तर हत्या के को लागी … Agapeto जिल्ल थियो । उ crape myrtle फेदमा अढेस लगाएर अघी देखी नै घर तिर नियाल्दै थियो । उसले अखबारहरुमा पढेको हुन्छ । TV news हरुमा सुनेको हुन्छ । आईमाईको हत्याहरु कीन हुन्छन् भन्ने कुरामा उ अली चासो लिने गर्छ । गए राती उसले most dangerous assassian movie हरु हेरेको थियो । जसमा आफ्नो पतीहरुले पत्नीहरुको निर्मम हत्या गरेको कहानी थियो । कतीपय बास्तबीक घटनामा आघारीत भएको भनीएको हुन्थ्यो । उसलाई लाग्न थाल्यो यो घटना पनी बिस्तारै बाहीर आउने छ । पुलिषहरुले सोधपुछ गर्नेछन् ।
छिमेकीहरुले श्रीमती उन्या असल आईमाई थिई भन्नेछन् । त्यती बेला मेरो रहस्यहरु अपारम्पारीक प्रकीयाले बाहीर आउनेछन् । ‘असलमा यो आत्महत्या पनी त होईन’ । ति चलचित्रहरुमा जस्तो बलात्कार पछी हत्या भएको हो भनीनेछ । ‘पागलपन हो, श्रीमती उन्याको हत्या गर्नु पर्ने कुनै कारण नै थिएन’ । उसले कपाल लुछ्न थाल्यो । उन्या फुलहरुको मात्र शौंकीन थिई । बैंगैचा देखी लिएर बैठक कोठा सम्म फुलहरुले नै सजाईएको छ । Agapeto लाई Caterpillar को घर जस्तो लाग्ने ति फुलहरु देखी मात्र रिस थियो । यसैले कहीले काँही गमलाहरुलाई खुट्टाले हानेर मिल्काई दिन्थ्यो । तर उन्या यसबाट दुखी कहील्यै भईन । असलमै उ छिमेकीहरुले भने जस्तो संयम आईमाई थिई । उ आफ्नो पतीको माया औधी र्गर्थी । घर बाट महीनाको एक दुई चोटी निस्कनु मात्र उसको बानी थियो । ति दिनहरु प्राय शनीबार नै हुन्थे । उ कुनै नया प्रजातीको फुल लिएर आउँथी र पछिल्ला दिनहरुमा उ त्यही फुलको देखभाल मा ब्यस्त हुन्थी ।
La Planté घर देखी ३ या ४ किलोमीटर मात्र टाढा थियो । उ बिरुवाहरु लिन त्याँहा पुग्थी । त्यो cicara city को एक मात्र भब्य नर्सरी थियो । Agapeto बार्दली तिर हेर्दै थियो । जहाँ बाट श्रीमती उन्याले उसलाई बोलाउने गर्थी । आज रित्तो छ । बार्दली खाली छ । उसलाई खानाको लागी बोलाउन त्यहाँ कोही पनी उभीने छैन । उसले पुरानो हिजोको दिनहरु संझीन चाहेन । crape myrtle को फुल तिर आँखा लगायो । summer को season ब्यस्त फुलहरु फुल्ने यो आकर्षक मौषम थियो । रातो र गाढा रातो फुलहरुले रुख पुरै तल सम्म टम्म ढाकीएको छन् । La Planté बाट लेराएको उत्कृष्ट बस्तु थियो सायद कुनै भाबनात्मक सम्बन्ध जोडीएको जस्तो त्यसैले उन्या यसलाई हेरेर घन्टौ टोलाउन सक्थी । उ आफु त्यही रुखमुनी बिसजर्न हुन चाहेको कुरा पनी उसले संझाउने गर्थी । Agapeto ले रुखको फेद तिर नियाल्यो । ‘माफ गर, तिमीलाई यहाँ गाड्न सकीन’ । Agapeto ले लाशलाई basement मा गाडेको छ । उसलाई श्रीमती उन्याको अनुपस्थीतीले घर सुन्ने लाग्ने छैन । ‘र लाग्दैन’ उ बारम्बार दोहोराई रहेको थियो । जब उसले श्रीमती उन्याको झल्याक झुलुक छाँया Gingerbread house को बार्दली तिर देख्यो, उसले दुबै हत्केलाले आँखा छोपेर मुल ढोका तिर दौडीयो । मुल ढोका बाट भित्र छिरेपछी गल्लीको दुबै तिर लस्करै मिलाएर राखीएको गमलामा Crassula Ovata का बिरुवाहरु थियो ।
एकदम जतन संग मिलाईएको ति गमलाहरुको अब कुनै महत्व थिएन । Agapeto ले प्रत्येक गमलालाई खुट्टाले हिर्काउँदै हिड्न थाल्यो । छरीएको काला/कैला/ राता गुच्चा आकारका ढुङ्गाहरुले कोरीडोर अली अली छोपीयो । हल्का हल्का गोडा लतार्दै उ Stairउक्लन थाल्यो । असलमा श्रीमती उन्या लाई राम्रा लाग्ने Cyclamen प्रजातीका बिरुवाहरु लाई एक सिढी बिराएर उक्लदाँ देख्न सकीन्छ । Caterpillar को घर भनेर उसले केही गमलाहरु लाई तल हुत्याई दियो । बार्दलीको छेउमा उभीएर उसले बगैंचालाई नियाल्यो । छिमेकीहरु कसैले पनी घर तिर हेरेका छैनन् र ढुङ्गाहरु बर्साइरहेका छैनन् । Agapeto लाई लाग्छ यो कुरा बाट छिमेकीहरु आत्तीएर उसलाई श्रीमतीको हत्यारा भनेर ढुङ्गाहरुले हान्ने छन् । उसलाई लाग्छ उनीहरुले उसलाई cicara सहरमा नाङ्गगो घुमाउने छन् । उसलाई यस्तो नहोस् भन्ने लाग्छ । उसलाई TV News हरुमा जस्तो हत्यारा भनेर देखीन मन छैन । लामो सास तानेर उसले निलो स्नींग्ध आकास तिर नियाल्यो । मन्द गतीको हावाले शिरशिर crape myrtle को फुलहरुलाई जमीन मा झार्दैछ । Agapetop ले कल्पना गर्यो । त्यती बेला श्रीमती उन्या उत्साहीत देखीन्थी जुन बेला उसले यसमा फुलहरु फुलेको देख्थी र जाज्वल्य हुन्थी कीनकी यसको फेदमा आफ्नो लाश गाडीनेमा उ बिश्वस्त थिई । उसले Tombstone नराखीयोस् भन्ने चाहाना गर्थी जसले गर्दा बगैंचामा चिहान छ भन्ने छुट्टीन सक्थ्यो । उ यस्तो नहोस् भन्ने ईच्छा राख्थी । Agapeto लाई ग्लानी हुन्छ की उसले उन्याको मृत शरीर लाई basement मा गाडेर आएको छ ।
Mr. Agapeto लाई फुलहरु देखी घृणा छ । बास्तबमै उ फुलहरु मन पराउँदैन । श्रिमती उन्याको फुलहरु संगको सामीप्यता पनी उसलाई मन पर्र्दैन । उसलाई La Planté को त्यो ठिटो झन मन पर्दैन जसले उन्या संग सम्बन्ध राख्छ भन्ने लागेको हुन्छ । उ नर्सरी जाँदा त्यो ठिटो संग सम्भोग गर्छे भन्ने उसले बुझेको हुन्छ ।
आफुलाई उन्याले घृणा गर्ने कल्पना गर्छ । La Planté को ठिटो र केही गन्हाउने फुलहरु लाई मात्र चाहान्छे भन्ने उसलाई पक्का बिश्वास भएको हुन्छ । Agapeto कफी पिउँदै थियो । उसलाई श्रीमती उन्याको उपस्थीती अनुभब भएझै लाग्छ ।
‘Mr. Agapeto I hate you and i love this guy and his La Planté’ । आफु संग श्रिमती उन्याले मनोबैज्ञानीक सम्बाद गरेझै लाग्छ । उ बैठक कोठा तिर दौडिन्छ । उसलाई कसैले पछ्याई रहेको अनुभब हुन्छ । उसलाई आराम गर्नुछ । उसलाई थाहा छ उसले श्रिमतीको हत्या गरेर थाकेको छ । उ दिन भरी त्यही हत्या को षडयन्त्र लुकाउन खोज्दै छ । उसलाई आज दिन भरी भाग दौड गरेको अनुभब हुन्छ ।
दिन कालो रात तिर धकेलीदै थियो । उसलाई basement को लाशको संझना आँउछ । उ हत्याको पश्चाताप नलागोस् भन्ने मा सजग छ । उ आफुलाई कतै अलमलाउन चाहान्छ । उसले बैठक कोठा बाट बार्दलीमा निस्कने ढोका खोल्यो । ‘पख चिसो छ ढोका नखोल’ । श्रिमती उन्याको मसिनो स्वरको आभाष भए झै लाग्छ । उ बार्दलीमा निस्कीयो । सुन्य रातले crape myrtle को रुखलाई टम्म ढाकेको छ । उसले रुखलाई देख्न सक्दैन । फुलहरुलाई छुट्याउन सक्दैन । उ पुन कोठा भित्र छिर्छ । उसलाई एक्लो भएको अनुभब हुन थाल्छ । यस्तो मनोभाब हटाउन उसको किताबहरु पढ्ने बानी हुन्छ । उ War & Peace ठुलो ठुलो स्वरले पढ्न थाल्छ ।
La Planté, ठिटो, crape myrtle, उन्याको लाश र basement उसको दिमागमा दौडन थाल्छ । समस्या के हो Agapeto लाई पनी थाहा छैन । उसलाई यि शब्द देखी घृणा छ । उसले यि दमीत भावनाहरु लाई पन्छाउन War & Peace लाई अझै ठुलो ठुलो स्वरले पढ्न थाल्यो । यसरी पढ्दा छिमेकीहरुले सुन्ने छन् र सधै जस्तो आएर कराउने छन् । ‘बच्चाहरु उसको स्वरले काँपेका छन्’ भनेर । श्रिमती उन्यालाई नदेख्दा उनीहरुले हत्याको शंका गर्नेछन् । Agapeto ले किताबलाई बन्द गरीदियो र सुत्न खोज्यो । हत्याको मानसिक हैरानीले थाकेको । दिन भरी प्रमाण लुकाउन ब्यस्त भएको उ छिट्टै निदाउँछ । Crape myrtle को रुख बिस्तारै सुक्दै गएको । हाँगाहरु झरेको कत्राक कुत्रुक आवाज । र अन्नत आफु Crape myrtle को कंकाल रुख मुनी बगंैचामा एक्लो उभीएको सपना देख्छ ।
मध्य रात एउटा भयङकर आवाजले उ ब्युँझीएको हुन्छ । basement बाट आएको आवाज । सम्भबत श्रिमती उन्याको चित्कार । Agapeto basement तिर दौडिन्छ । श्रिमती उन्याको लाश स्थीर त्यही सुतिरहेको छ । शरीर माटोले पुरीएको तर हातहरु अशंयमित पाराले बाहीर निस्कीएका थिए । Agapeto लाशलाई एकहोरो हेर्छ । फुलहरु ओईलाएका थिए । बिस्तारै फुलहरुलाई सुमसुमाउँछ । फुलहरु भिझेका थिए । बिर्यले । उसको ओठहरु काँप्न थाले । उसलाई लाग्यो यो त्यही ठिटोको काम हो । त्यसले लाश संग सहबास गरेर भागेको छ । Agapeto को शरीर काँप्न थाल्छ । उसलाई पुरै Gingerbread house काँपेको जस्तो लाग्छ । उसको हातमा बिर्य लतपतीएको छ । उ basement बाट निस्कन्छ र बगैंचाको दक्षीण तिरको पोखरीमा पुग्छ । हात पखाल्न । उसलाई कसैले पछ्याई रहेको हुन्छ । पोखरीमा लाश उत्रीएको दृश्य । रगतले पुरै पानी रातो र डरलाग्दो देखीएको हुन्छ । उसले लाशलाई उठाएर हेर्छ । लाश त्यही ठिटोको थियो । हत्या कसले गर्यो होला ? उसले सुनसान बगंैचा तिर नियाल्छ । बादले डम्म बगंैचा माथी ढाकीएको छ । सुनसान । यस अघी Agapeto ले यसरी बगंैचालाई सुनसान देखेको थिएन । एकदमै अन्घकार । हत्या यसैले गरेर भागेको होला । अंधकारले हत्या गरेर भागेको छ । उ ढुक्क हुन्छ । शत्रु परास्त भएको मा खुसी हुन्छ । त्यही रगत पानीमा हात पखालेर उ Crape Myrtle को रुख तिर जान्छ ।
एउटा आईमाई रुख मुनी ठुलो खाडल खन्दै हुन्छे । उसले नजीक गएर हेर्छ । झस्कीन्छ । श्रिमती उन्या को लाशले अहीले चिहान खनीरहेको हुन्छ । उ चिहान खन्नमा ब्यस्त छे । Agapeto नजीक गएर उभीरहेको हुन्छ । Mrs. उन्या आफ्नै लागी चिहान खनीरहेकी हुन्छे । Agapeto आश्र्चय मानेर हेर्दैछ ।
‘मेरो लाश यहाँ गाड्नु भनेको थिँए’ । श्रिमती उन्याले चिहान खन्दा खन्दै भनी । ‘यसको सुगन्धले मेरो लाश गन्हाउन बाट रोक्ने छ’ ।
Agapeto केही बोल्दैन ।
श्रिमती उन्या चिहान भित्र पस्छे र आफुलाई पुर्न थाल्छे । Agapeto कता छ देखीएन ।
Hello Mrs. unya –
Hello doc
‘अनौठो भएको छ । यसअघी यस्तो भएको थिएन’ ।
‘उ कहाँ छ’?
‘माथी । भर्खर निदाएको छ’ ।
‘हिजो बिहान देखी उ basement मा थियो । फुल थुपारेर बसको थियो । र राती बगैंचामा Crape myrtle को रुख मुनी नै बसिरहेको थियो’ ।
‘मैले भनेको थिए । यो ‘Anthropobia’ होईन । – doctor ले भन्यो । ‘this is the cause of post-traumatic stress disorder.’
Agapeto निन्द्रामा छ । श्रिमती उन्या उसको पैतालातिर हात घिर्सादै थिई ।
डक्टरले भन्दै गयो । ‘Crape Myrtle को फुल र अन्य फुलहरु हटाउनु बेश हुन्छ’ । ‘उसले यि फुलहरुलाई लिएर कहानी बनाउँछ र आफुलाई झन झन रोगी बनाउँदै लग्छ । हेरुँ यसले केही हुन सक्छ’ । Mrs. उन्या, समस्या ठुलो हुँदै छ । तपाईको फुलहरु संगको सामीप्यताले यो नहोस् । म यही कामनम गर्छु’ । डक्टर त्यहाँ बाट निस्कीयो ।
पछी श्रिमती उन्याले सबै फुलहरु हटाउन लगाई । Agapeto को आगाध मायामा उसले आफ्नो केही ईच्छाहरुलाई Gingerbread House को कतै कुनामा थुपार्ने भई ।
समय अन्तराल पछी Gingerbread House लाई फुलहरु बिना कल्पना गर्दा …
केही हत्ता पछी….
कसैले कफी बनाएर राखीदिएको छ । उ डाईनीङ टेबलको एउटा छेउमा गएर बस्छ । उसले श्रिमती उन्या बस्ने मेचमा रातो Crape Myrtle को फुलहरु देख्दैन । उसले सोच्न थाल्यो Crape Myrtle को बडे रुख हत्या को कारण कसरी बन्छ । कफी पिउँदै उसले श्रिमती उन्याको आर्दश फुलहरु लै सम्झियो । La Planté को त्यो सानो उमेरको ठिटो संग श्रीमती उन्याको सम्बन्घ छ भन्ने Agapeto लाई लागेको हुन्थ्यो । त्यसैले उ प्रत्येक दिन यसरी श्रीमती उन्याको हत्या गर्न बाध्य भएको हुन्थ्यो । उसले श्रिमती उन्या तिर हेर्यो । उनले फुलहरु संग सम्बाद गरेको अनौठो चाल पायो …
(स्रोत : रचनाकारको ब्लगबाट सभार)