कविता : सकारात्मक सोँच

~बिकास सुबेदी~Bikash Subedi

देशनै पुरा जल ,खनिज ले भरिएका,
साधन अनि जडिबुटी जताततै छरिएका |
हिमाल पहाड अनि तराई मिलिकन बनेको,
सम्भावना को आवरण ले छ देश ढाकेको |

रगत बगाई सकियो अब पालो पसिनाको,
क्रान्ति गर्नु गरिसकियो अब पालो शान्तिको |
जति कमाइ कमाइयो अब पालो विकासको,
हिमाल पहाड अनि तराई समानताको |

सारा साधन सदुपयोग गर्नु पर्छ हे,
विकासको मूल अब फुटाउन पर्छ हे |
पुर्खाको रगतको देन सफल पार्नु पर्छ हे ,
मेरो नेपाललाई सम्बृद बनाउनु पर्छ हे |

विकास सुबेदी
बज्रबाराही था.न.पा . १५ मकवानपुर

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.