~कृष्ण पौड्याल~
ठानेको हैन जिवन आकाशको फल जस्तो।
यती कठोर छैन मन निर्दयीको बल जस्तो॥
रोदन दु:ख पिंडा ब्याथा एक्लै झेल्नु छ।
युद्द गर्नु पर्दैन भो राजनितिक दल जस्तो॥
एकोहोरो प्रेम सफल हुनु सम्भव रहेन्छ।
बाकी नै छ बन्नु अझै सिचाईको मल जस्तो॥
कस्तो कस्तो सपना थियो भयो चकनाचुर।
जता हेर्छु उस्तै लाग्छ प्रियसिको छल जस्तो॥
हास्ने रुने बाच्ने मर्ने कोही भएन साहारा।
किन बनायौ जिन्दगी पानी बिना नल जस्तो॥
कृष्ण पौड्याल
बम्घा एक गुल्मी
(स्रोत : रचनाकारको ब्लगबाट सभार)