~डा. घनश्याम न्याैपाने ‘परिश्रमी’~
१.
बस्ती बस्तीमा
सधैं झगडा गर्छन्
आगाे र पानी
२.
उखेलिएका
जराहरूकाे पीडा
चराले भाेगे
३.
चाैतारी हाँस्दा
बटुवाहरू रुन्छन्
सभ्य संस्कृति
४.
हरियो पर्दा
तिम्रा आँखाका लागि
मायाकाे चिनाे
५.
गाेलाे आकृति
गमलामा फुलेछ
राताे कविता
६.
वर्षा ऋतुमा
भ्यागुताले गाउँदा
सर्प प्रसन्न
७.
नयाँ वर्षले
काँचुली फेरेपछि
अँध्यारो देख्यो
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान )