कविता : जिन्दगी

~काजिमान याक्सो~Kajiman Yakso

जिन्दगीका रहर र आसा
अनि
अभिलाषाहरु
संघर्स संगै बहक्किएर होला
त्यसैले
सधैं अभस्त्य देख्छु म
यो जिबन यात्रा
शायद
खाउं लाउं र सधै केहि गरुं
भन्ने रहर र चाहानाले
कहिल्यै नछोडेर पनी होला
अनि
हरेक साँझ र बिहानिहरुमा
एक पछी अर्को
अर्को पछी अर्को गर्दै
यो जिन्दगी दासी भएर होला
त्यसैले
यस्तै यस्ता कैयौ दासिका पिडाहरु बोकेर
हार र जितको खेलमा
सधैं यो जिन्दगीले बाजी ठोकेर
पसिनाको भेलमा पौडिन्छ जिन्दगी
र पैसाको मोलमा बेचिन्छ जिन्दगी
किनकी
परिस्थितीले बांधेर होला जिन्दगीलाई
मस्त छ जिन्दगी
आफ्नो अनि कसैको
जिउने साहारामा
ब्यस्त छ जिन्दगी
साँझ र बिहान
जुट्नै पर्ने आहारामा
तब त
जिन्दगीलाई अचेल
अनगिन्ती संघर्श भित्र
ठेलिएको देख्छु झट्टा झट
र पेलिएको देख्छु पट्टा पट
मात्र फरक यही छ
गूड्छ जिन्दगी कहिले सुखले
हिड्छ जिन्दगी कहिले दु:खले
अनि
धकेली रहेछ जिन्दगी
दिन दिनै समयएको हुरिले।।।

– टारहिम्बा ठुले

(स्रोत :Nayasamachar.com)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.