~श्रृजना क्षेत्री~
आँशु अझै बगि रहेछ पिएर जाउ!
जे जती छन पिड़ाहरु दिएर जाउ!
मै रोइ दिउला एक्लै एक्लै बिरह मा
मेरो हिस्साको खुशीपनी लिएर जाउ!
भाबीले नै अधुरो लेख्या रैछ हाम्रो साथ
फाटेको त्यो मुटु लाई आज सिएर जाउ!
छुटीनु पर्दा को यो नमिठो प्रहर मा
आँशु बनी आँखा बाट छच्लकिएर जाउ!
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान )