~काप्पोबा चुम~
कालो कोट लाउने आशमा
ढाकर बोके झै किताबका भारीहरू बोकेर
खाली खुट्टा हिडियो
तर कलमले कतै तोक्माको काम गरेन ।
हो,
जब कलमले तोक्मा जति पनि उपयोगी भएन
तब कालो कोटको बाटोले खोटै खोट दियो,
चोटै चोट दियो,
थकित भए ।
ढाकर बोकेर उकालै उकालो हिड्दा
भारी बिसाउने चौतारी हुन्थ्यो
थकित हुदा चौतारिमै बसेर सुसेल्न पाइन्थ्यो
तर,
किताबको भारी बिसाउने ठाउँ भेटिन
किताबको साथमा सुसेल्ने ठाउँ देखिन
तर,
किताबको भारिले खाएको काँध
कलमले ठेला उठाएका औलाहरु हेरेर
अतीत सम्झिन्छु, थकित भएर,
र मुस्कुराएर बिदा दिन्छु ती अतीतलाइ ।
हो,
नफूल्नु थियो फूले पछि
धर्तिमा नआउन थियो आइसके पछि
अब
फक्रनु पर्छ,फूल्नु पर्छ
थकाइमा पनि मुस्कुराउनु पर्छ ।
हालः मलेसिया
(स्रोत : Nayasamachar.com)