गीत : खिचडी कहिले पाक्ने भो

~बालमुकुन्द कार्की~Balmukunda Karki

वीरवल हजुर हो…
खिचडी कहिले पाक्ने हो ?
धुँवा मात्र पुत्तपुत्तिएको छ ।

रोल्पा र डोल्पाहरुमा
हुर हुर चुलो बाल्नु छ
कणर्ाली तरेर
नुन बाँड्नु छ
रोपेको धान पनि पाकी सक्यो
तल्लो घरको गाई पनि ब्याइसक्यो
बकेर्नो, थारो वीरवल हजुर हो
गर्भिणी कहिले हुने हो ?
वीरवल हजुर हो
खिचडी कहिले पाक्ने भो ?
यो पनि उही कथा भो
त्यो भाँडोमा चाँडो
खै के पाक्थ्यो
छि… छि… दुर… दुर… भइसक्यौँ
त्यो भाँडोमा खिचडी कहिले पाक्ने भो ?

सबैले भन्थे- बाँदरले घर बनाउँदैन
भत्काउँछ मात्र
वीरवल हजुर हो…
खिचडी कहिले पाक्ने भो ।

(स्रोत : शब्द-संयोजन भाद्र २०६८ अङ्क ८८ )

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.