~जीवन क्षेत्री~
कालीगण्डकी सुस्याइरह्यो
यो युगको व्याथा बोकेर
मधुर गतिमा बगिरह्यो
मानव रगतका आहालहरू
अमानवीयताका पराकाण्ठाहरू
चुपचाप हेर्दै
कालीगण्डकी ओरालो झरिरह्यो
संवेदना गुमाएर
पशुजस्तै बनेका मान्छेतिर
टीठ लाग्दो दृष्टि प्mया“क्दै
कसैको इशारामा
गृहयुद्धको आत्मघाती आगो फैलाउनेहरूप्रति
असीम घृणाले थुक्दै
कालीगण्डकी चुपचाप चिप्लिरह्यो
हतियार तस्करी र विनाशमार्फत्
नव उपनिवेशवादका खुनी नङ्ग्रा फि“जाइरहेका
निकृष्ट अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूतिर
त्रूmद्ध नजर प्mया“क्दै
कालीगण्डकी रिसका आ“शु झारिरह्यो
रुन बिर्सेका मानछे
अरु मारिएको हेर्न बानी परिसक्दा
युद्धपिपासुहरूको ताण्डव नृत्य हेर्दै
हरयारहेको मानवीय मूल्य फेरि जगाउन
कालीगण्डकी प्रतिज्ञा गरिरहेछ
हो,
दाह्रा किट्दै कालीगण्डकी प्रण गर्दैछ
यसपालिको वर्षामा ऊ
प्रचण्ड गतिमा उर्लनेछ र
मानवताका शत्रुहरूलाई बगाइदिनेछ
लाटोजस्ता भएकाहरूलाई जगाइदिनेछ ।।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)