~लिल बहादुर खत्री ‘ललित’~
देशको सक्षम जनशक्ति गै सक्यो खेर
माृतिभुमी सुन्यपारी कहीँ नजानु हेर।
आजभोली गर्दा गर्दै गाउनै शून्य भय
विदेशिदा कोही कोहीले त देशनै भुल्ने भय।।
गरे पछि आफ्नै देशमा के छैन र हेर
सच्चा मनले कार्य गरे जादैननि खेर।
स्वदेशमै विकाश गर्दा देशकै नाम हुने
सरापनेछिन धर्तिमाले राष्ट्रियतालाई भुले ।।
देखासिकी नगरेर जेछ त्यहीमै रमाउ
राष्ट्रियताको जनचेतना देशै भरी फैलाउ।
देशको सबल जनशक्ति युवा नै हो हाम्रो
अवमुल्यन हुने छैन असल राम्रो कामको ।।
देशको बागडोर सम्माल्नेहो ध्यान दियर सोच
नलागोस है हाम्रो देशमा नराम्रो खोट ।
युवा शक्ति पलायन हुनु राम्रो सङ्केत हैन
बाच्न सिकाउ सबैलाई देशमा स्वरोजगार भैन।।
संक्रमणकाल लम्बिसक्यो देशमा अहिले हेर
शहीदका सपनालाई नफालौ है खेर ।
बन्धुत्वको भावनालाई आत्मै देखि जगाउ
बिदेशिने आकाङ्क्षालाई मनैदेखी भगाउ ।।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)