~प्याट्रिक सिठलिङ~
तिमीलाई म भुल्न सक्दिन,
जहाँ जाउँ तिम्रो याद आइरहन्छ
यो खोला, यो नाला, यो पहाड
भञ्ज्याङले मलाई बोलाइरहन्छ
मेरो नेपाल, मेरो नेपाल, मेरो नेपाल
मेरो देश मलाई लाग्छ प्यारो
डाँडा काँडा हरियाली यहाँ आँगनै भरी
लालीगुराँस चाँप चमेली फूल्छ थरिथरी
खोला नाला झरनाको मिठो सुसेली
आइरहन्छ यो मनमा झल्झली
सगरमाथा शिर बनि यहाँ उभिएको छ
करोडौँ मुटुमाझ तिमी सझिएको छ
बिर हातमा बुद्ध जन्मिएको देश
मलाई प्यारो प्यारो लाग्छ आफ्नै स्वदेश
शब्द र सङ्गीत – प्याट्रिक सिठलिङ
स्वर – राजु लामा