‎गजल‬ : थर हटाइनु पर्छ

~लोक राज भट्ट~Lok Raj Bhatta

बिभेद देखिने मान्छेको,थर हटाइनु पर्छ,
बुलन्द हुनुपर्छ आवाज,डर हटाइनु पर्छ।

ए सरकार त्यो कानुन, बनाइएको किन हो?
कि पालना होस नत्र, फोस्रा अक्षर हटाइनु पर्छ।

कायापटलमा एक, क्रान्तीको अभाव देखिन्छ,
ठेकेदार दलालका गिद्धे,नजर हटाइनु पर्छ।

छुवाछुत गर्ने हो भने,एक सर्त छ मेरो,
अछुत भनीने ओडार बसौँ,घर हटाइनु पर्छ।

सुन छाउपडी पक्षधर, मन्दिरमा लक्षमी दुर्गाहरु छन,
छुइएका मन्दिरतिर तिम्रा, सफर हटाइनु पर्छ।

लोक राज भट्ट
वायल डोटी
हाल धनगढी

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.