~पुस्पराज गिरी~
खासै रगतको नाता थिएन, उमेर पनि धेरै फरक थिएन; रूममेट र मेरो। तरै पनि म उहाँ लाइ अंकल भनेर बोलाउथ्यें। एक apartment शेयर गरेर बसेका हामी काका भतिजामा धेरै कुरा मिल्दाजुल्दा थिए। प्राय हामी आ-आफ्नो विदाको दिनबाहेक अन्य दिन घरमा खाना बनाउँदैनथ्यौँ। उहाँको विदाको दिनमा Text गर्नु हुन्थ्यो, babu ! dinner at home . मेरो विदाको दिनमा मवाट Text जान्थ्यो; Uncle ! I’m making dinner . अनि हल्का चुस्कीसँगै डिनर गरेर आ-आफ्नो कोठामा पस्थ्यौँ हामी।
समय संगसंगै अंकल कसैसंग मायामा फस्नु भएछ, यानेकी उहाँले कसैलाई गर्लफ्रेन्ड बनाउनु भएछ। त्यसपछि उहाँको विदाको दिन घरमा डिनर बन्न छाड्यो। मैले Text पाउथ्यें ; babu ! I m not at home . रिप्लाइ गर्थ्यें म ‘enjoy your life , uncle ‘. उहाँ आफ्नो गर्लफ्रेन्ड संग वाहिर निस्कनु हुन्थ्यो र मध्य रातमा फर्केर लुसुक्क आफ्नो कोठामा छिर्नु हुन्थ्यो। अनि भोली पल्ट आफुले गरेका मोजमस्तीका विवरणहरु वेली विस्तार गर्नु हुन्थ्यो।
अंकलको मन प्रेमिका तर्फ तानीए पछि त घर पुरै दुलही झै सिंगारियो;- घरका पुराना गुन्द्री गलैचा; सोफा पर्दा सबै garbage तीर गए, अनि नयाँ-नयाँ सामानहरुले घरमा अड्डा जमाए, भित्ताहरुमा फोटो-फ्रेम टासिए, दुबै जनाका सिरानी नेर Laptop सजिए।
साच्चै भन्नु पर्दा उहाँ भन्दा वढी फुरुंग थिएँ मं। अंकललाइ घर सजाउने टेंसन, म मा चढ़ेको पखुरा बढाउने फेशन, म पनि पैसा खर्च गर्नमा के को कम; भारोत्तलनका सामनहरु बेड नेर सजाएँ, दुबै हातका पखुरामा Tatoo हान्न लगाएँ, सुहाएको न टुहाएको देब्रे कान छेडेर Diamond को टप घुसारें।
हुन पनि औधी परिवर्तन भयो अंकलले गर्लफ्रेन्ड बनाए पछि त। अनि मलाई यती मात्र थाहा थियो, अंकलकी गर्लफ्रेन्ड गोरी हुन् भनेर…|
एक साँझ एकै झड्कामा उहाँलाइ प्रश्न गर्यें मैले; अंकल! खै हजुरको गर्लफ्रेन्ड संग भेट गराउने होइन मेरो???
प्लेटबाट उसिनेको काँचो भट्ट झिकेर टोक्दै भन्नु भयो; ”पख्नु न !(हामी एक दोश्रोको सम्मान नै गर्थ्यौ वोल्दाखेरी), समय आएको छैन, अली डराउछु म समाज देखि, अरुहरुको अगाड़ी संगै हिंडन र यती छिट्टै ओपन हुनु हुदैन क्या ”|
ए, ल ल अंकल !! उहाँको पहिलो भेट देखि प्रत्यक हप्तामा गरिएका चर्तीकला हरुको कथा सुनेरै चित्त बुझाएँ मैले। भीत्र भित्रै डाह लाग्यो, कटुसको पात बजाउदै घांस दाउरा गर्ने यो मान्छे ले गोरिनी गर्लफ्रेन्ड बनाएर मोज गर्ने सोचेर। अनि मलाइ पनि गर्लफ्रेन्ड वनाउने रहर चढेर आयो, पार्टी, डिस्को, डिनर खुवै धाएं मैले; हातमा गिलास लिएर नर्सिंह नाच खुवै नाचें मैले।
* * * * * * * * * *
राम्रै लाग्थ्यो, लामो केश, मधुर बोली, लजालु हेराई; काम खोज्दै मेरो अफिसमा आएकी Kristina संग; पहिलो पल्ट
Where are you from ?
Queens and you ?
Nepal. ( म यहाँ वस्छु भनेर चिनिंन चाहींन।)
Oh ! I really like Nepali .
Why ?
They are faithful ….. your phone number ? ……Nice to meet you, ……..see you next time . यसरी नै भएको थियो, मेरो परिचय।
भर्खरै Graduate सकेर Master Degree को लागि पर्खाई गरेकी Kristina र धन कमाउन भनेर आएको म, हामी साच्चै नै भेटघाट गर्न थालेऊँ, Off Day का दिनहरुमा। हाम्रो भेटघाट विस्तारै बाक्लिदै गयो, हप्तामा एक दिन मात्र लिने मेरो विदा,विहान देखि रात अवेर सम्म उनीसंग वित्न थाल्यो।
पहिलो दिन; यानेकी मेरो उनीसंग को पहिलो Dating ; मेरो घांटी नेर उनले गरेको मिठो चुम्वनवाट नै म एकाएकै एकाग्रीइ सकेको थिएं उनप्रती। एक सांझ हामी पार्कमा वसिरहेका थियौं, म खै के कुरा सोचेर टोलाई रहेको थिएं, मेरो सोचलाइ भंग गर्दै उनले भनिन; Can I give you Hickey ?प्रश्न गर्यें – What ‘s that ? अनि मलाई मनभरी को चुम्वन गरेपछि जवाफ दिइन उनीले it ‘s Hickey.
आफु चाहीं त जन्मेर हुर्केर, बढेर यो उमेर आइपुग्दासम्म सानो हुँदा हजुरबाले दाढ़ीले कोपी कोपी म्वाई गरेको मात्र थाहा छ अनि खासै भन्नु पर्दा म यी यस्ता शव्दहरु को मतलव नै बुझ्दीन। Is there a different types of kisses ? जिज्ञाशा पोखें मैले। What ??? you are in 21st century and you saying you don ‘t know anything ? उनी मेरो अनुहार मा फरक फरक तरीका ले चुम्वन गर्दै नाम वर्णन गर्दै गईंन, म वाल्ल वनेर चुपचाप सुन्दै गएँ। रातको डिनर गरेपछि छुट्टीने वेलामा मैले पनि उनले गरेका चुम्वन हरुको पैचो तीरें।
रात भर छट्टी पट्टी भै-रह्यो, थोरै मिठास र धेरै डरत्रास पैदा भयो मनमा जिन्दगीको एक पाटोमा Kristina को चुम्वन Bombi वाट खिड़की चढ़दै Lick ki सम्म पुगिसकेको थियो, अनि अर्को पाटोमा आफ्नो वितेको र अगाड़ी जिउनु पर्ने जिन्दगी थियो। घरीघरी अंकल प्रति पनि रिस उठ्न थाल्यो, यो मान्छे को वर्णन सुन्दा सुन्दै म आफैं पनि मायामा फस्यं भन्ने सोचेर। अनि अंकल संग पहिलेको जस्तो भेट- घाट पनि हुदैन्थ्यो। उहाँ विहान ढिलो काममा निस्कनुहुन्थ्यो र राती अवेर आउनु हुन्थ्यो, म विहान सवेरै निस्कंथ्यें र वेलुका उहाँ भन्दा अगाड़ि नै सुतिसक्थे, यथार्थमा म उहाँ आउने वेलासम्म उहाँ लाइ कुरेर वस्न छाडी सकेको थिएं।
यसको पछाड़ि मेरै आफ्नो जिन्दगी रहश्यमय वन्दिनु प्रमुख कारण थियो, उहाँका कहानी भन्दा मेरै कहानीहरु रसीला भैसकेका थिए, मैले आफ्नो गोप्य कुरा उहाँ प्रति गोप्य नै राखेको थिएं। म उहाँ लाइ आदर गर्थ्ये, अनि मलाई लाग्थ्यो ” पर्दा पछाड़ीको नाटक देखाउन लाएक नभए सम्म पर्दा उघारेर दर्शक लाइ देखाउनु हुँदैन|” त्यसैले पनि हाम्रो सम्वन्ध Spring गएर Summer लाग्दै चर्केको गरमपनसंगै भीत्रभित्रै तात्तिदै गएको थियो।
Long Weekend परेकोले मेरो कामवाट मलाई थप २ दिन विदा मिलेको थियो। अनि हामी ट्रेनको एक कुनामा बसी क्यू-गार्डेन तीर जाँदै थीयौं। रेलको गति संगै उनी चकचक चकचक गर्न थालिन। घरी घांटी थिचिदिने, घरी नाक च्यापिदिने गरेर; तर पनि मैले कुनै वास्ता नगरे पछि, अर्को दिशा तीर मोडींदै एक्लै फत्फताइन मैले अर्थ लगाएँ आफ्नै भाषामा उनले भनेको कुरा;
“साच्चै निदाएको मान्छे लाइ ब्युझाउन सकिन्छ, निदाएको स्वांग मात्र पारेकोलाइ जति गरे पनि बिउझाउन सकिदैन।”
यो भनाईको गहिराई तीर नलागी मैले उनीलाई काखी तानें र टाउको जोढ्दै दाहिने हातले सेलफ़ोन अगाड़ि बढाएर खिचिक्क खिचिक्क गरि फोटो स्नाप लिएँ। उनी भने ठुस्स परिरहेकै थिइन। अनि एक-एक गरि फोटोहरु दखाउदै भनें,
”Kristina ! I really like your frowning face .”
केटी मान्छेको मन एकै छेणमा पग्लियो, मेरो कांधमा टाउको राख्दै भनिन,” I wanna take a nap . उपाय राखें मैले ” If you want to take a nap , We can go to my place , there ‘s nobody .
Let ‘s go ! I even have to go to your home .
क्रिस्टीना उत्तेजित भए पछि हामी ट्रेन छाडेर मेरो Appartment तीर लम्कियौं।
घर पुग्दा उनको अनुहार डरले भरिएको थियो, ” Why are you so scared ? No one is here,” साहस भरी दिए पछि भित्र पस्यौ हामी।
एकै छेंण वसेपछि उनीले अफ्ठ्यरो महशुस गरेको जस्तो लागेर; ” Let ‘s go somewhere else , if you are not comfortable , वाटो खोली दिएँ मैले। अनि, वाहिरियौ हामी।
हप्ताहरु वित्दै गए, Kristina ले मेरो कोठामा आउन अफ्ठ्यरो मान्न पनि छोडिन, मेरो आफ्नै घर तीरको सम्झना विरानो वंन्दै गयो, कुनैकुनै वेला मैले गलत वाटो समाएँ, नो! म Kristina वाट टाडीनु पर्छ, यिनीसंग वाट उम्किनु पर्छ, जस्ता कुरा मनले सोच्थ्यो तर पनि यस्ता सोचाई छेंण भरको लागि मात्र सम्भव हुन थाले, Kristina लाइ भूल्नै नसक्ने हुदै गएँ म। दिन ढल्कँदै Kristina को यादले झाक्न थाल्यो, अनि हप्ता कहिले वित्ला र विदा मिल्ला हुन थाल्यो।
* * * * * * * * * *
एक साझ म kitchen कोठामा राखिएको सोफामा वसि चिठ्ठी पत्र खोली रहेको थिएँ, अंकल Kitchen मा लुसुक्क पसेर फ्रीज खोल्दै, ” एक-एक चुस्की त लिने होला नि बाबु,” भन्नु भयो। अंकल को यो बोलीमा थकान भरिएको थियो। ”लिने नि अंकल किन न लिनू?” क्रेडिट कार्ड कंपनीले पठाएको पत्र खोल्दै जवाफ दिएँ, मैले।
एकाएकै मेरो अनुहार परिवर्तन भयो, क्रेडिट कार्डको विल देखेर, Sophora , Irish Bar , Olive Garden, Macy ‘s …..Oh ! My God !!! तिर्नै नसकिने amount रहेछ। हत्तपत्त कागज वन्द गरि सम्हालिँदै अंकल लाइ प्रश्न गर्यें ,” अंकल ! के हुँदै छ नि हजुर र हुने वाली अन्टी को विचमा? ”
खासै त्यस्तो केहि छैन, अस्ति भेट हुन पाईएन , उनको के काम पर्यो रे, निराशा पोख्नु भयो, उहाँले।
regular schedule मा भेट हुन नपाउदा त झन माया गाढ़ा हुन्छ नि है अंकल,?”कुरा खोतलें मैले।
ल ! बाबु पनि के-के न आफै मायामा फस्य जस्तो कुरा गरेको, की कोही संग परेको छ र हो? सोफामा बस्दै भन्नु भयो उहाँले।
ल हेरअ… ! म जस्तो सोझो मान्छेलाइ यस्तो सोच्न त मिलेन नि अंकल, मजाकको पाराले जवाफ दिएँ मैले।
त्यस्तो केहि सोचेको होइन; मिल्यो भने दिन वैशमा मोज पनि गर्नु पर्छ, तर मोज गर्ने क्रममा आफ्नो relation र responsibility लाइ पनि भुल्नु हुदैन है बाबु, सम्झाउने वाक्य पोखियो उहाँवाट।
मनमनै प्रतिकार गरेँ मैले,” आफ्नो रूप ऐनामा हेर्नु छैन, अरुलाई सम्झाउने”, भनेर।
* * * * * * * * * * *
त्यो हप्ताको मेरो विदा, Kristina र मैले घरमै Lunch बनाएर खाने योजना बनायौ। म केहि तरकारी लिन सुपर मार्केट तीर लागें, उनी खाना बनाउन। म फर्केर आउदा सम्म Kristina ले मर-मशला, लशुन प्याज सबै तयार गरि सकेकी रहिछन। यी केटी मान्छेहरु चाहे नेपालका हुन या अन्य देशका;; कति चतुरा हुन्छ्न Kitchen को काममा, कहिलेही नपसेको Kitchen मा खोजी खोतली कति छिटो तयार गरेको होला सर्दाम, दंग वन्य म।
lunch तयार भयो, अनि lunch गरे पछि उनी बेडतीर छिर्दै भनिन, ” I will just take a short nap ”.
म पनि उनको पछि पछि कोठामा छिरें।
उनी Ac अन गरि लम्पसार परेर पल्टीइन बेडमा, म बुक केशवाट एउटा किताव निकालेर हेर्न थालें। एकाएकै मेरा आँखा kristina को शरिरतीर तानिए।
चारै हात खुट्टा फैलाएर आफ्नो शरिरलाइ स्वतंत्र रूपमा छाडेर स्वां-स्वां गरिरहेकी Kristina ले दूवै हातमा मोटामोटा चुरा लगाएकी थियींन। उन्मक्त जवानीले खादीयका उनका पिडूम्ला टम्म कसिएर रक्त सञ्चार गरिरहेका थिए, वन्द मुख, लामा परेलीहरु, कुनै कुनै मासमा आफै फर्रफर फर्रफर गरिरहेका थिए, झ्यालवाट आएको सुस्त सुस्त हावाले उनको मुलाएम कपाललाइ हावा संगै वह्काउदै थियो, छिनेको कम्मर, अनि भित्रै सम्म घुसेको नाभि, श्वाश प्रश्वाशले उठ्दै सुक्दै गरेको छाती, फलामै फलाम र काठै काठले बनेको गगन चुम्वी महलको २१ औं तलामा अरु कोही नभएर मात्र उनी… अनि म……|
Slowly Silently , beautiful her body transferred to My mind , My mind transferred to My body , My leg stepped to her , her body transferred to me and My body transferred to her . After a while , both body separated and took their own position .
बाथरूम पसेर नुवाई धुवाई सकेर फर्केपछि कपाल झड्कार्दै Kristina ले भनिन,”Why are you in such a rush ?? Why are you insisting me when I am not interested in it ? I have so much problems that i even can ‘t have enjoy in my life ”. भिजेको कपालवाट पानीका थोपा उनीको गर्धन हुँदै पेटतीर झरिरहेका थिएं, रसीला आँखा, पातला ओठ, दुवै कानमा झुम्किएका झुम्किनीहरु; हात समाएर काखी राख्दै सोधें मैले,”what is the problem about ? whatever is destined to happen is going to happen; no matter how you try to stop it, and whatever is destined not to happen will never happen; no matter how much you try to make it happen.”
” i Can ‘t even effort $ 2500 . to my college fee .” इन्नोसेंट भाव थियो Kristina को बोलीमा।
त्यति गहिरो कुरा नबुझी यती सानो कुरामा टेंशन लिनू पर्ने ; रयाक वाट चेक बुक निकाल्दै सोचें,”|
अनि बैंक तीर लम्कियौ हामी। म लाइनमा उभिएँ, उनी छेउको शोफामा वसिन। पैसा लिएर उनतिर गएँ म, उनी एकोहोरो टोलाई रहेकी थिइन, दुखी जस्ति देखिन्थीन, मसंग पैसा लिनु पर्यो भनेर आंफु तल परेको सम्झिइन होला जस्तो सोच्यो मेरो मनले।
O.K. ! here is $ 3000, from which 2500 is for your college and the rest is your pocket money. उनले भिरेको hand bag को कुना मा पैसा घुसार्दै भनें मैले।
बाहिर आएपछि बाटोमा मेरो छातीमा टाउको राख्दै भनिन उनले,” You were very helpful for which I will always be grateful. सान्तोना दिएँ मैले,” Don’t think that way, this is my responsibility too.”
bag मा पैसा भएकोले त्यो साँझ हामी अर्ली डिनर गर्यौ। उनीलाई घरछेउ सम्म पुर्याएर Bye Bye गरि फर्किएँ म।
Kristina को कलेज शुरू भयो, हप्ता वितिसक्यो, उनीसंग विदाको दिनमा भेट हुन पनि पाइएन, फ़ोन गरें उठेन, मन ले के के कुरा सोची रहेको थियो, उनीवाट फ़ोन आयो; ” I got very buzy in the college so we’ll meet next week.”
* * * * * * * * * * *
म काममा व्यस्त थिएँ, अंकलको विदाको दिन, उहाँलाइ के जंग चलेछ कुन्नि, Text आयो,” babu! i m making dinner at home. अचम्म मान्दै reply गरें , o.k. uncle! I’ll be there soon.
घर पुग्दा अंकलले २ पेग तानी सक्नु भएको रहेछ, पुनः धेरै पछि हामी काका भतीजा एकै टेबलको आमने सामने वसेर चुस्की लिन थाल्यौ। चुपचाप अंकलले घुट्की हरु निलेको देखेर सन्नाटा तोड्दै प्वाक्क सोध्यें मैले,” अंकल के हुंदै छ हजुरहरुको कहानी ?”
”यता तिरका केटी हरुसंग साथी सांगत मात्रै गर्नु deeply नजानु है बाबु,” मधुरो आवाज निस्क्यो उहाँको गलकंठ वाट।
किन यस्तो भन्नु भएको अंकल, की खटपट पर्यो र हो ?
”खै के भन्नु, आजकल भेट घाट छैन।”
हँ ? अनि कता हुनुन्छ त उहाँ? फ़ोन मा संपर्क हुदैन ? आश्चर्य व्यक्त गर्यें मैले।
”अँ , एक महिना हुन लाग्यो, काम परेर अलिकती पैसा पनि दिएको थिएँ, त्यसै दिन देखि भेट भएको छैन, पहिला पहिला त फ़ोनमा सम्पर्क हुन्थ्यो, अहिले त फ़ोन रिसीव पनि छैन, कल व्याक पनि छैन”।
झसँग झस्किएँ म, कान रातो भएर आयो मेरो।
अंकल! फोन नंबर दिनु, फोन उठे के कुरा र नउठे के message छाड़ने भनेर मलाई आउछ, केटी मान्छे संग कसरी कुरा गर्नु पर्छ मलाई थाहा छ, म मेरो वाट डाइल गर्छु, जंगिएँ म।
उहाँ नंबर भन्दै जानु भयो म डाइल गर्दै गएँ।
कल वटन थिच्दै फोन कानमा राखेँ, फोन मा सीदै मेसेज सुनियो ,” The subscribe you have dialed is not in service, please check the number and dial again………’
ल यो फोन सर्विसमा छैन,” भन्दै फोनमा हेरें जहाँ फोनको स्क्रीन मा ” Calling kristina …… डिस्प्ले भईरहेको थियो।
म स्तव्ध भएँ,
अंकलले गलत फोन नं त दिनु भयन भनी टेबलमा राखिएको उहाँको फोन तानेर नंबर टेलि गरें , नंबर सही रहेछ मात्र मेरोमा Kristana र अंकलको मा Jeshna को नाम सेव गरिएको रहेछ, नजर घुम्न थाल्यो मेरो, एक एक याद आयो ; पहिलो दिन मेरो घर आउदा उनको अनुहारको घवराहट, Lunch बनाउदाको दिनको उनको तैयारी। मर्द मान्छे म, छिट्टै सम्हालिएँ ; अंकललाइ सधै आदर गर्थ्यें म, यस पाली पनि आदर गर्न मन लाग्यो।
अंकल, हजुरको गर्लफ्रेन्डको पछि नलाग्नु, I think, she forgot you, and better you also forget to her. छेउको Laptop तान्दै भनें मैले, “Laptop मा पनि के हेर्ने, उही Facebook मात्र न हो।”
Facebook मा नेपालकी अन्टीले राम्रो फोटो राख्नु भएको रहेछ, Aunt u r so …..uncle is comin back ….. टाइप गरेर कमेन्ट मा Click गरें मैले, उता अंकल भने अझै पनि मलाई आशातीत आँखा ले हेरिरहनु भएको थियो अझै आफ्नी गोरी गर्लफ्रेन्डको ख्वावमा डूबी रहनु भएको थियो।
-पुस्पराज गिरी, न्यूयोर्क
(स्रोत : Mysansar.com)