~सागर कार्की~
डल्लै डल्ला छ जिन्दगी
डल्लै बाचीरहेछु, डल्लै मरीरहेछु ।
कहिले गुडीरहन्छ डल्लो
अनी टक्क अडिन्छ कहिले
एउटा डाँडो उक्लदा
एउटा डल्लो मर्दछ
अर्को ओरालो झर्दा
अर्को डल्लो बाँच्दछ
म हेरीरहेछु, म सोचीरहेछु
डल्लै डल्ला छ जिन्दगी
डल्लै बाँचीरहेछु, डल्लै मरिरहेछु ।
एउटा डल्लो मर्दा
अर्को डल्लो जन्मन्छ
हरेक डल्लाहरु मर्दै, जन्मदै र मर्दै गर्दा
मै डल्लै बाचीरहेछु, मै डल्लै मरिरहेछु,
म उचाईमा पुग्छु
अनी डल्लो झैँ भुईमा थ्याच्च पछारीन्छु,
म मर्छु, अनी फेरी अर्को डल्लो बाच्छु
मेरो डल्लो जिन्दगी
घिसार्दै, लतार्दै फेरी त्यही उचाईमा पु¥याउन खोज्छु
तर जव मेरा हात चिप्लन्छन्
गुड्दै गुड्दै पुनः भुईमा थेचारिन पुग्छ
अनी अन्त्य हुन्छ अर्को डल्लो जिन्दगी ।
मेरो डल्लो जिन्दगी
मेरा सपनाहरु जस्तै डल्लो रहेछ
एउटा सपना देख्छु, नयाँ जिन्दगी बाँच्छु
तर हरेक सपनाहरु तुहिएर झर्दा
म जिन्दगी मारिरहेछु,
डल्ला डल्ला झर्दछन् आँसुहरु
म डल्लै जिन्दगी झारीरहेछु ।
यहाँ सोचाईहरु डल्ला छन्
डल्ला परिवर्तनका डल्ला स्ंवाहकहरु
डल्लै क्रान्ति गरिरहेछन्
यो डल्लै डल्लाको सहरमा
कहिले जिन्दगी हाँसीरहेछु
कहिले जिन्दगी रोईरहेछु
डल्लै डल्ला छ जिन्दगी
डल्लै बाँचीरहेछु, डल्लै मरिरहेछु ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)