~चादनी कार्की~
कस्ती आइमाई उनी!!
एकाबिहानै उठेर
पूजापाठ छोडेर
शिरानिमुनिको पैसा खोज्छिन्
त्यो पैसालाई तौलिदै
आफु यसै मौलिदै
एक हातमा समस्या र अर्को हातमा पैसा जोख्छिन्
लामोलामो सुस्केराले, के के कुन्नि कसलाई सोच्दै
भावनामा पौडी खेल्दै
नयनदेखी आँसु पोख्छिन्
सम्हालिदै आफु फेरी –
पाइला चाली अघि बढ्दा
ऐनासामु आफुलाई पाउदा
पाइला उनका टक्क रोक्छिन्
अनि,
सौभाग्यको नाटक रच्छिन्
ओठैभरि लाली पोत्छिन्
बासी शरीर अत्तर छरी
नया छानी धोति कस्छिन्
सायद,
आज फेरी डेरा छोडी
उनी एकरात अन्तै बस्छिन्
आफु फेरी लिलाम भई
उनी एकबिहान अझै रुन्छिन्
कस्ती आइमाई उनी
कस्ती आइमाई उनी !!
(स्रोत : Nepaladelaide.com)