~दुर्गा रिमाल~
भए भरका गल्ति भुलि पुराना यो प्रणयमा
तिमी बन भिर मौरी म त राना यो प्रणयामा
लिएर गुलाफको फुल आउँने छु तिम्रैसामु
किन गर्छौ यसरी आना काना यो प्रणयमा
टाडा छु त्यसैले हुन्छ ढिलो तिम्लाइ भेट्न
तिमी गर्छौ कि गर्दैनौ सम्झाना यो प्रणयमा
भेटे पछि एकअर्कामा बियोगका पिडा भुल्न
बनायौ होला पक्कै ताना बाना यो प्रणयमा
सबै रहर बताई सके बोल्दैनौ त ए ! प्रयासी
भनन ए ! के छ तिम्रो चाहाना यो प्रंणयमा
(स्रोत : Nepaladelaide.com)