~अर्जुन खनाल~
उफ मृत्यु भएको पनि आज २ दिन भएछ ।आफु भने बल्ल स्वर्ग मा आइपुग्यो । यहाँ त
फेसबुक पनि चल्दो रैछ त्यो पनि फुल् स्पिडमा । सायद चलाउने मान्छे कम भएर होला ।
सोच्थे स्वर्गमा गएसी फेसबुक चलाउन पाइन्छ कि पाइदैन भनेर । पाइदो रैछ र आनुभुति लिदै छु ।
हिजो सबैको म्यासेज पाए खुसि लाग्यो सबैले सम्झना गरेको मा , हिजो आलि बिजि भए के कसैको रिप्लाइ दिनै पएन े ।अर्को कुरा के त्यो यमराज छ नि तेस्को आगाडि मुवाइल चलाउनु हुन्न रे के नत्र एस्ले नि मुवाइल चलाउन थालेपछि आफ्नो काम गर्न बिर्सिएर स्वर्गको धन्दा नै चौपट पार्ला भन्ने डरले रे क्या । स्वर्ग भन्ने ठाउ ता आनन्द को पो हुदो रैछ यार । कामै गर्न नपर्ने गफ मार्यो बस्यो त्यो पनि बिभिन्न देश्का मित्र बनायो ,भासा भने सबैको एउटै हुदो रैछ । स्वर्गिय भासा। यो चै न पड्नु पर्ने न कसैबाट सिक्नु पर्ने यहा आएपछि आफै आउदो रैछ ।
ए अ ! साथिहरु एउटा कुरा त भन्नै बिर्सेछु भर्खर जगदिस घिमिरे दाजु सङ्ग भेट भो त्यो पनि साहित्य गोस्ठि मा आरु पनि थ्ये १० -१५ जाना खै आनुहार त कतै देखे जस्तो लग्थ्यो तर चिनेन । जगदिस दाजुलाइ नै सोधे उहाले चोर् औलाले सन्केत गर्दै भन्नुभो उ त्यो चुरोट तान्दै छन् नि ति लक्ष्मिप्रसाद देबकोटा हुन् एसो सोचे यि बुडाले स्वर्ग मा आएर पनि चुरोट तन्न छाडेनन् ,उनको छेवैमा अर्का दारि पलेका गोलो पावरदा चस्मा लगाएका लेखनाथ पौडेल रैछन् ,क्रमस चिनाइदिनु भो उ त्यो भर्खरको पतलो भुपि सेरेचन् हुन्, त्यो ब्यङ्य गर्दै बोल्दैछ नि भैरब अर्याल हो ,सेतो एप्रोन र घटिमा स्टेच्कोप झुन्डिएको को हो नि मैले सोधे दाइ ले भन्नु भो उहालाइ तिमि चिनेनौ उहि के त समाज सेवी डा चित्रप्रसाद वाग्ले म भन्द केहि समय अगि आउनु भएको रैछ एति भन्दै जगदीश दाइ ले मलाइ पुनः सोध्नु भो यहाँ त बुढा या रोग लागेका मात्र आएका छन् ,न तिमि बुढा छौ न त रोगनै लागेको छ उमेर पनि दुई दसक भन्दा धेरै छैन तिमि कसरी अयौ त ? मैले भने हेर्नु न दाजु जाच नजिकदै थ्यो तेसैले फेसबुक चलाएको थिएन एकजना अपरिचित ले श्रद्धाञ्जली दिएछन तेसपछी त सबैले मर्यो भन्ठानेछन नि तेसैले त तपाईं सङ भेट्ने मौका जुर्यो नि ।
(स्रोत : Nepaladelaide.com)