~किरण टी लिम्बू~
गन्तव्य पुग्न जीवनलाई मैले गुडाउनु कसोरी,
ठेस लागी दुःखेको पाइलालाई अघि बढाउनु कसोरी ।
विगतलाई पछि फर्केर मैले एक पल्ट नियाल्दा,
तिमीले दिएको खुसीको पललाई भुलाउनु कसोरी ।
नियति जीवनको भेटिनु अनि छुटिनु परेमा,
आई रहने तिम्रो मुस्कानी यादलाई मेटाउनु कसोरी ।
ओठको मुस्कान झरेर आफ्नै छातीमा बल्झिँदा,
मन भित्र दुःखी लुकेको घाऊ उक्काउनु कसोरी ।
जीवनलाई बुझ्न कोलाहल बीचमा म आफै हुँदा नि,
मौनताले छुँदा आफैलाई मैले सम्झाउँनु कसोरी ।
जीवनको उत्कट अँध्यारो गर्तमा बालेको आशालाई,
कहरमा निभेको त्यो आशा–किरण जलाउनु कसोरी ।
(स्रोत : सत्यतथ्य मासिक)