कविता : यी नलेखिएका समर्थन पत्र

~प्रतिमा ज्ञवाली~Pratima Gyawali

यी नलेखिएका समर्थन पत्र
तिम्रो र मेरो मौनता ले सुसजीत,
ढाडस र हौसला को ताली पिटदैछन

जन्माउदैछन् हामीलाई सासन गर्ने सासकको व्यवसायीक रुप
नेपथ्ये मा रहेका ऊ र ऊ जस्ता उनीहरु
कालो पर्दा पछाडी झुक्काए जस्तो गरी
अलिकति बाकी रहेको लाज, डर र च्यातिएको नैतिकता फाल्नु अघि,
उनीहरु भुमिगत व्यवसाय गर्दै थिए रास्ट्रियताको
तर तिम्रो र मेरो समर्थन पत्र ले
आज उनीहरु को लाज उदाङ्गिएको छ
नैतिकताको कत्रो ओड्दै उनीहरु आज पाचतारेमा
आफ्नो व्यवसायीक रुपको पास्नी गर्दैछन
तिमी र म वास्ता गर्न छोडिसक्यों
हामी सोच्छौ २५ वर्ष पछिको समाजबाद मुर्खता हो

त्यसैले हस्तान्तरण गर्दैछौ
यी नलेखिएका समर्थन पत्र,
तिम्रो र मेरो मौनताको खाम मा सजाएर…..

(स्रोत : Nepaladelaide.com)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.