~फुच्ची जमुना~
जग्यमा बसेकी नवविवाहित दुलही झै
सपनाको रङ्गिन घुम्टो ओढेर
प्रतिक्षाको आतुर मन
गोरेटोभरी ओछ्याउदै
धमिला यि आखाँहरुले
केहि खोजिरहेछन्
सायद, जिवनको उज्यालो रङ
खोजिरहेछन्
क्याटबरी ओठबाट
अपहरित मुस्कानका बाछिटाहरु
मतलबी यो शहरको भिडमा
सालिक झै मौन छ मेरो मन
निस्तब्ध सालिकका आखाँबाट
अबिरल झरिरहेछ
पिरको रुन्चे झरि
त्यही झरिले निथ्रुक्क भिजेको छ मन
अनी चिसिएको छ
सपनाको बिस्कुन फिजारिएको
ओभानो आगनी
विशाल यो छातिमा
पिडा र चोटका असङ्ख्य डाम बोकेर
घाइते सडकहरुमा
अथकित मान्छेहरु झै
म हिडिरहेछु
केबल हिडिरहेछु
मतलबी यो शहरमा
मलको थुप्रोमा उम्रीएको झार झै
मौलाएको छ भ्रमको खेति
भुमिगत भएको छ आदर्श
अनी अस्वभाविक रुपमा
शिखर चढेको छ इमान
उसैगरि, स्वार्थ परिपुर्तिका खातिर
स्वार्थी खालमा तान्न आतुर छन खेलाडिहरु
रातारात ओइलाएकोछ
बगैचाको सुन्दर फूलहरुको सौन्दर्य
त्यसैले, ग्रहण लागेको आकाश झै
उदास देखिन्छन मालिहरु
मतलबी यो शहरको भिडबाट
फर्केर कहिल्यै नआउने गरि
बगिरहेको नदी झै
बगेकोछ विस्वास
हेर्दाहेर्दै जिन्दगीको आकाशबाट
अदृश्य भएकोछ खुशि
खै ! कता हरायो ?
जिन्दगीको इन्द्रेणी रङ
सिमली भुवा जस्तै गरी उडिरहेछन्
मनका आकांक्षाहरु
मतलबी यो शहरको भिडमा
एउटा मतलबको
यस्तै जिन्दगी भोगिरहेछु म
कैयौ बसन्त अघिदेखि
(स्रोत : Nepaladelaide.com)