गजल : यो कस्तो माया हो ?

~डा. रुपक श्रेष्ठ~Dr Rupak Shrestha

हर्हराउँदा मनहरु एक भेट दिन आउदिन यो कस्तो माया हो ?
थर्थराउँदा ओठहरु एक चुम्बन दिन सक्दिन यो कस्तो माया हो ?

उनी देख्छिन् म देख्छु लोलाउँदै आँखाहरु रसाउँछन् दुबैको
न सक्छु म बोलाउन उनी झन बोल्दिन यो कस्तो माया हो ?

कागत छ कलम छ थुप्रो छ मनभरि कुरा सबै भन्नुथ्यो
चिठ्ठी कोर्न पोखेर मन किन आँट्दिन यो कस्तो माया हो ?

म गल्दैछु म ढल्दैछु दिनदिन बैद्य छन् सिरानी छेउ अहो
आफन्तकै भिडमा उनी कतै देख्दिन यो कस्तो माया हो ?

यो शायर जान्दछ थाक्नेछैन रोएर त्यो दिन देखि उनी
तै यो लाशमाथि एक फूल फाल्दिन यो कस्तो माया हो ?

(स्रोत : सत्यतथ्य मासिक)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.