कविता : अपुरो राष्ट्रियता

~अनुकूल प्रकाश~Anukul Prakash

सरकार !
म बुधनराम– एक मधेसी
झण्डै ढाई शताब्दीदेखि
तिम्रो राष्ट्रियतामा अट्न सकिरहेको छैन
या तिमीले नै अट्न दिइरहेका छैनौ ?
योजनाबद्ध ।

हमार बिटुवा,
काठमाडौं आएर
कुछ गर्न चाहन्थ्यो
ऋतिक रोशन काण्डमा
अपाहिज भैगयो
कारण– तपाइँको राष्ट्रियतामा
ऊ’का लिवाज, लवज और रंग नै’था ।।

सरकार !
ज्।वजव, कुछ घटना हुन्छ सीमापार–
नेपालीको खिलाफ,
दिल हामी पनि दुखाउँछु
इस देशको सीमा बचाउ खातिर
हाम्रो पूर्वजको खून बगेको छ
उन्नतिका खातिर पसिना बगेको छ
अरु के कुरा गर्नु छ सरकार ?
इराकमा घटना घट्छ
मधेसमा मुस्लिमहरु त्राही–त्राही हुन्छन्
खेल नै सही
नेपाल विरुद्ध भारत जित्छ त
धोती चोर ! धोती चोर !!
देश कसरी बिर्सन सक्छ ?
धोती पनि यो देशको शान हो
इज्जत हो– पहिचान हो
पहाडको चोटीबाट पत्थर खसाउँदा
सीमामा गिर्दैन सरकार !
उ‘वीचमा तराई छ– मधेस छ
याद राखिलिनुस् ।।

सरकार !
भूगोल मात्र हो कि
जनता पनि हो देश ?
के यो प्रश्नको जवाफ, छ तपाईंसँग ?
जव पहाड उक्लदै जान्छु
गौंडागौंडामा नेपाली हुनुको
प्रमाण पेश गर्नुपर्छ
माईवाप !
तपाइँले कस्तो राष्ट्रियताको पाठ पढाएछ ?
यी पहाडहरुलाई ….
कि तराईलाई आजसम्म चिन्दैनन्
नेपाल कहाँतक छ ?
हाँ सरकार , बताउनुस् मलाई
नेपाल कहाँतक छ ?
मधेस इसभितर पर्छ कि नार्इँ ?
अगर पर्छ त …
मेरो पेहनवा
मेरा लवज
मेरा कालो रंग
यो देशको छैन के ?
किन वारी–वारी परीक्षा लिन्छस् ?

म मौन हुनु
कमजोर हुनु हैन
बोल्दै नबोल्नु
आवाजविहीन हुनु हैन
लेकिन, यो पक्कै हो माईवाप !
कि म आफ्नो धोती उतारेर
तपाईंको टोपी जोगाइराख्न नसक्ने भएँ ।।
सरकार !
म दिनसक्छु तपाईंलाई
अप्ना जमिन दानमा
पर्, यो जमीरको क्या गरुँ ?
साला मलाई सुन्दै सुन्दैन ।।

चितवन , नेपाल
सम्पर्क : ९८४५१३९१५२

(स्रोत : Bookaholicsnepal.com)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.