~विशिष्ट कोइराला~
पहिले सुपारीले सम्पूर्ण पुग्थ्यो,
अहिले ब्ल्याक लेवल र चिवासले पुगेन ।।
पहिले एउटा समोसाले सारा दिन पुग्थ्यो,
अहिले के एफ सी र फूडकोर्टको मेनुले पुगेन !!
पहिले ‘अतिथि देवो भव’ ले पुग्थ्यो,
अहिले ‘कुकुर देखि साबधान’ ले पनि पुगेन ।।
मोजाको बल र मुङ्ग्रोको ब्याटमा पाएको त्यो मजा,
आज नतमस्तक भएर पोकेमोंन र क्यान्डी क्रश खेल्दा पाइएन ।।
ढुंगा बाधी खोलामा पौडी खेल्दाको त्यो खुशी,
आज स्पोर्ट्स सेन्टर र रिसोर्टको स्विमिङ्ग पूल ले दिएन ।।
छतमा चढि एन्टिना घुमाउदाको त्यो उत्साह अनि पेन्सिल घुसाई क्यासेटको रिल मिलाउदाको त्यो बेचैनी
आज उपरखुट्टी लाएर स्मार्ट टिविको रिमोट घुमाउदा भएन ।।
पहिले एक थुङ्गा फूल र एक कप चियाले पुग्थ्यो,
अहिले डाइमण्ड रिङ्ग र स्कुटरले पुगेन ।।
पहिले एउटा फोन सारा गाउँ लाइ पुग्थ्यो,
अहिले आइफोन, ग्यालेक्सी र एक्स्पेरिया ले पुगेन ।।
पहिले पोस्ट कार्ड र अटोले पुग्थ्यो,
अहिले भाइबर, मेस्सेंजर र ह्वाट्सएप ले पुगेन ।।
गुच्चा बोकी खालि खुट्टा हिलोमा खेलेको त्यो रमाइलो,
आज एयर कण्डिसनमा बसि चिल्लो सडकमा हुइकिदा पाइएन ।।
सुकुल र राडिमा सुसाएको त्यो आनन्दी क्षण
आज फ़ाइव स्टारको डिलक्स र सुइट रूममा पाइएन ।।
चिन्तारहित र पिडाबिहिन त्यो जमाना,
आज सम्पूर्ण सुबिधा सम्पन्न हुदा पनि पाइएन ।।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )