~शेर्पीनी कान्छी ‘निम’~
चोटै चोटले भरिएको कथा मन भरि दबाएको छु
खुल्न नसकेको ति्म्रो तस्विर मुटु भरि सजाएको छु।।
बाहीर राम्रै हास्छु बोल्छु भीत्र दिलभरी चोट छ
कहिल्य निको नहुने मुटु भरि प्रेम नामको रोग छ।।
तिम्रो नाममा पागाल जस्तै कयौ रात बर्बराको छु
दुनियाको सामु खुल्न नसकेको तस्बिर मुटु भरि सजाएको छु।
एक्लै लाग्छ यो संसारमा कोही छैन दाया बाया
तिम्रो भागमा माया पर्यो मेरो भागमा अतितका ति छाया।।
एकान्त एक्लै कहिल्य काहि तडपिएर कराएको छु
तिमी पराएको भए पनी तिम्रो तस्बिर मुटु भरि सजाएको छु।।
-दोल्खा चरिकोट, नेपाल
(स्रोत : अन्तरमन को साहित्य)