~डिएनके कुवँर~
मलाई पहाड जस्तो उभिन मन छ
र यो देशलाई सुरुक्षा दिन मन छ ।।
म तिमी बाट यहीँ सुन्न चाहान्थे
यो जोवान हजुरलाई सुम्पिन मन छ ।।
आमाको मुहारमा उज्यालो आउछ भने
मलाई मैन बत्ती जस्तै सकिन मन छ ।।
आज हरेक पाईला मा ठक्कर खाँदा
हिजो बा’ले सम्झाएको सम्झिन मन छ ।।
डिएनके कुवँर
बर्दघाट ४ नवलपरासी
(स्रोत : Pahichanaphnai.com)