लघुकथा : ईश्वर

~सुरेन्द्र महर्जन ‘अमर’~Surendra Maharjan 'Amar'

साउन महिना मान्छेहरू पूजाकोलागी मन्दिरमा भीड अनि व्रत बस्नेहरू कति कति देखें । हुन त साउन नै किन र ? आइतबार, सोमबार, मंगलबार, बुधबार, बिहिवार, शुक्रबार र शनिबार हरेक बार हरेक महिना पूजा गर्ने भक्तहरू मैले नदेखेको पक्कै होइन । शुभ कार्य, शुभ साइत, ग्रह दशा पूजा र शान्तिकालागी मन्दिर जाने मान्छेहरू नभेटेको पक्कै होइन । खाली पेट शरीरलाई पीडा दिने मान्छेहरू भेटें । हुन सक्छ मान्छेहरू बढी भएर वा मन शान्तिको खातिर मन्दिरहरूमा जाने आउने गरेको भेटेको छु । ईश्वर पूजा गर्नु राम्रै हो आफूले खोजेको पाउन होला मान्छेहरू पूजा गर्छन । आस्था भनेको मनको शान्ति नै हो नि आखिर ।

बिहानैदेखि म पनि ईश्वर खोज्न मन्दिर मन्दिर पुगें जहाँ मान्छेहरूमा भीड देखें । फूल बेच्नेहरू आफूसँग चोखो पूजासामान भएको दाबी गर्दै गरेको भेटें । पेट पाल्न जे पनि गर्नुपर्ने, अनि मन्दिरहरूमा कोही गाडीमा, कोही मोटरसाइकलमा, कोही हिँडेर र कोही साइकलमा तर साइकल चलाउनेहरू धेरै कम थिए । मन्दिरहरूमा मान्छेहरूका भीड देखें । ईश्वर प्रत्यक्ष भेट्न सकिन । मन्दिरपछि आखिर घर पुगें निहुरिएँ हेरें, मनभित्र ईश्वर भेटेँ अनि ऐना सामू गएर उभिएको मात्र के थिएँ । निधारमा ईश्वर मुस्कुराइ रहेको पाएँ

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.