~हरिसिंह थापा~
यो धरती यो आकाश
मायालुको माया साँच्ने
मेरो संसार……….. ।
हो बरै ! मेरो संसार !
साँझ हुँदा जूनसँग
मेरो माया बस्छ
बिहान आउने किरणसँग
मेरो माया बोल्छ
परेलीको छायासँगै
मेरो घरबार
मायालुको माया साँच्ने
मेरो संसार !
साउनको झरीसँग
मनको बह चल्छ
असारको गीतसँग
दिलको धड्कन बढ्छ
ईन्द्रेणीले सजाउने
मनको रहर
मायालुको माया साँच्ने
मेरो संसार !
(स्रोत : सत्यतथ्य मासिक वर्ष २, अंक ३, नोभेम्बर २०१३)