~राजकुमार श्रेष्ठ ‘दीप’~
के तिमी सुन्ने ?
आज पनि एउटा कुकुर मरेछ रे !
खैरे, काले, पाँग्रे कुनै होइन
हिजोसम्म यही गल्ली र चौरस्ता घुमी हिँड्ने
आफन्तसँग झुकी दिने
पराई देखे भुकी दिने
कहिले पुच्छर हल्लाई हल्लाई
मालिकको स्वागतमा तयार हँुदा
उल्टै लाठीको प्रहार खेप्नु पर्ने
बिचरा ! त्यो कुकुर मरेछ रे ।
हो, साँचै त्यो कुकुर मरेछ रे
बडो बफादार थियो रे
कर्तव्य परायण थियो रे
आफ्नो मालिकको लागि
प्यारी लासीलाई मात्र के
आफ्ना पप्पीहरुलाई पनि
बिर्सिदिएको थियो रे
आफु सँगै
ती भिराले चउरमा
कुरोको घारीहरुमा
ढुँगे बगर र फाँटहरुमा
-याल चुहुन्जेल
उफ्री उफ्री मडारिदै खेल्ने
उस्का बुच्चे साथीहरुलाई पनि
घोक्रो भरि–भरिको स्वर निकाली
गर्जी–गर्जी भुकिदिन्थ्यो रे ।
उसले भन्ने गथ्र्यो रे
उसलाई थाहा थियो रे
एउटा भोटे कुकुर
ऊ सानो छाउरो छँदै
उस्को घरमा आउने गथ्र्यो रे
आमा खुसी हुन्थिन् रे
थुप्रै हाड़का टुक्राहरु
पारी गाउको बिहेको भोजबाट
सुटुक्क ल्याइिदन्थ्यो रे
सुम्सुमाउँदै उसलाई पनि
के के भन्ने गथ्र्यो रे
तर उस्ले केही बुझ्न नपाउँदै
उ त हिँडिसकेको हुन्थ्यो रे
तर
त्यसरी नै फेरि त्यो भोटे कुकुर
उनीहरुमा कहिल्यै फर्केर आएन रे
हाड़हरु सकिँदै गयो
आमाले भनिन्
यस गाउँमा सधँै बिहे हुन्छ भोज हुन्छ
हाड़हरु घेरै पाईन्छ
त्यसैले ऊ हाड़का खोजीमा आएको
हाड़का टुक्राहरु खोज्दा खोज्दै
बिचरा त्यो मरेछ रे
भुक्दा–भुक्दै मरेछ रे
फेरि पनि एउटा कुकुर मरेछ रे…!
अनि …….
अझै पनि…….
पर गाउँको खोँचमा
एकोहोरो स्याल मात्र कराउँदा पनि
बिचरी ! एक्ली ती बुढी कुकुर्नी
छोराको यादमा
कल्पी–कल्पी रोइरहन्छे रे
कल्पी–कल्पी रोइरहन्छे रे…!!
(स्रोत : सत्यतथ्य मासिक वर्ष २, अंक ३, डिसेम्बर २०१३)