~सुरेन्द्र महर्जन ‘अमर’~
ठुलो छ चाहना चन्द्र छुने धर्ती र आकाश चाहिन्छ
हिमाल, पहाड र तराईको विशाल नेपाल चाहिन्छ ।
जन्मभूमि मेरो नेपाल मलाई नेपाल देश चाहिन्छ
जातीय राज्य चाहिँदैन नेपालीको माया चाहिन्छ ।
जहाँ जाउँ बस्न नेपाल आमाको काख चाहिन्छ
हिँसा मन पर्दैन बाँच्नलाई शान्त नेपाल चाहिन्छ ।
(स्रोत : अन्तरमन को साहित्य)