~चकेन्द्र राई “कैदी”~
तिमी
आफुलाई शिक्षित ठान्छौ
आधुनिक र सभ्य हुँ भन्छौ
मैले पनि तिमीलाई
मानब जातिकै असल पात्र मानेको थिए
तर तिमी त एकै
समयमा जन्ती र मलामी हुन चाहन्छौ……।
माया गर्छौ भने
अलिकति मायाको चिसो चाख
अलिकति मायाको तातो चाख
त्यो चिसो र तातो नै हो माया
सक्छौ भने जुनि भरी सगाली राख…..।
मैले
बुझिन या
तिमीले बुझेनौ
कहिले वारी कहिले पारी
पुर्याउने नदी को डुंगा होइन म
तिमीले जे/जे भने, जे/जे गरे
चुपचाप सही रहने ढुङ्गा पनि होइन म ….।
शायद
माया दिन आएको थिएनौ तिमी
धोका दिन मात्र आएको थियौ तिमी
त्यसैले मेरो पवित्र मायालाई
शङ्काको आगोले जलाउन चाहन्छौ तिमी……।
ठिकै छ
जान्छौ भने जाउ
मनको जस्केली खुल्ला छ
सबै तिम्रो बाचाहरु तोडेर जाउ
मायाको बिच सागरमा
मलाई अलपत्र छोडेर जाउ
तर्न सके तरुला/नसके मरुला…..।
एउटा आत्मा
भित्रै पनि दो मन हुन सक्छ
मायामा दुई आत्मा एक मन हुन सक्नु पर्छ…..।
हासो पछी रोदन
मिलन पछी बिछोड
जिबन पछी मृत्यु
यो पनि सास्वत सत्य हो
यसलाई पनि स्विकार्नु सक्नु पर्छ………।
अब
खोज्नु छैन मैले
मायाको अर्थहरु
आत्मा नै नभएको आत्माहरुमा……।
पाउनु मात्र होइन माया
गुमाउनु पनि माया नै हो ,
तिमी जाउ मेरो संसार बाट
कहिले नभेट्ने मेरो नजर भन्दा पर जाउ…..।
लाख लाख शुभ कामना छ
खुशी भएर सयौ बर्ष बाच्नु
दुनियाँ भरी तिम्रो जय जयकार होस
तिम्रो नाम सुवास हावा सरी फैलियोस…….।
यही शुभकामना छ,
प्रेमी हुन नसकेको मेरो असल प्रेमी लाई……..।
चकेन्द्र राई ”कैदी”
धनकुटा, हाल :- दोहा, कतार
(स्रोत : कविता कुसुम)