~श्रृजना क्षेत्री~
सजाएका सपना सबै ढलाएर गयौ!
चितामाथी जिउदै आज जलाएर गयौ!
जुन मुटु मा बसाएथे तिमी लाई मैले
त्यही मुटु मा छुरा आज चलाएर गयौ!!
जुनिभरी तिम्रै नै हुन्छु भनी बाचा गरी
सिउदो मा सिन्दुर मेरो नलाएर गयौ!
मेरो मुटु छेद-विच्छेद पारेर निर्दयी
पिड़ा मात्र यो छाती भित्र फलाएर गयौ!
सम्झना मा तिम्रो हरेक पल रुदै छु म
आँखा मात्र आँशु ले ब्यर्थै गलाएर गयौ !
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान )
मलाई हजुरको गजलहरु धेरै राम्रो लाग्यो