~रमेश केसी~
खाडिको ‘म लाहुरे हजुर’ वास मेरो मरुभूमि ।
साँझ, बिहान टाल्नु पर्ने ‘गाँस’ मेरो मरुभूमि ।।
मरी मेट्छु भविष्यमा केही कुनै गर्छु भनी,
अनिश्चत यो भुवँरीको ‘आश’ मेरो मरुभूमि ।।
जिउनु पनि कति कठिन दुई चोले जिन्दगीमा
झिनो आशा, वाचा कसम ‘रास’ मेरो मरुभूमि ।।
बाँचीबसे फर्की आउँछु साथ कुनै सौगात सँग
के भरोसा र जिन्दगीको ‘लास’ मेरो मरुभूमि ।।
(अर्घाखाँची, हाल खाडी)
(स्रोत : सत्यतथ्य मासिक)