~पवन शर्मा ~
रातभरी सँगी बनी सँग सँगै हिँडिरह्यौ
विहानीको उषा सँगै धुमिल बनी बिलाइगयौ
निष्ठुरी जून तिमी, मेरो खुशी छोपेर गयौं
मलाई मात्र आफ्नो भनी प्रेमरस पिलाइरह्यौ
बसन्तको वहारसँगै पराइको शिरफूल बन्यौ
निष्ठुरी फूल तिमी, नमेटिने दाग खोपेर गयौ
हिउदमा कञ्चन बनी प्रतिविम्व देखाइरह्यौ
वर्खायाममा बाढी बनी माया सबै वगाइलग्यौ
निष्ठुरी नदी तिमी, मुटुमा तीर रोपेर गयौ ।
(स्रोत : सत्यतथ्य मासिक)