गजल : तारा रोएको कहानी लेख्छु

~दिलिप दोषी~Dilip Doshi

एकतमास तिमीलाई हेर्दा, तारा रोएको कहानी लेख्छु ।
सिरानीमा नयनले रातभर, जिन्दगीको बिहानी लेख्छु ।

तिमी त बिरानो भएर गयौ, मेटिएन खै ! ती यादहरु ।
तिमीसँग बिताएका पलहरु, सोच्दै एक जवानी लेख्छु ।।

घुमेका ती चक्रहरुसँगै, तिम्रो मुहार अनुवाद हुँदा ।
मनमा लागेको चोटको, नमेटिने गरी निशानी लेख्छु ।।

निथ्रुक्क भिज्दा तिमी जाडोले काँपेको त्यो समय नियाल्दै ।
अनमोल त्यो क्षणमा भएको संवादकोे मिठो बानी लेख्छु ।।

यो सम्झिने मनलाई, नसम्झ भन्न पनि सक्दिन नि मैले ।
पातले छाँगो झैं अनवरत बगेका ती अाँशु ठानी लेख्छु ।।

भैगो ! अब धेरै लेख्दिन मनलाई दुखाउनु मात्र हुन्छ ।
जिन्दगी सुखमयसँग वितोस्, नसम्झनु पानी लेख्छु ।।

(स्रोत : सत्यतथ्य मासिक)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.