~दुर्गाप्रसाद पोखरेल~
साँझ बिहानी उडिरहेछन् उडान तिनको छोप्न सकूँ
भाव निर्झरी उलिर्रहेछन् ल्याई कविता रोप्न सकूँ
अक्षर वैभव वाग नभेटी जीवन ढल्न नपाओस्
कर्मठपनको सुन्दर मनको यौवन गल्न नपाओस् ।
शुद्ध भावको रत्न जडेर हार्दिकताको चहक बढाऊँ
मौलिकताको सुरम्यताको त्यसमा गजुर चढाऊँ
शव्दहरुमा चाख्न सकूँ म अर्थहरुका पावन सार
अर्थहरुमा राख्न सकूँ म जीवन यौटा अपरम्पार ।
नयनभरिने सुखका मीठा ताना ल्याई सजाऊँ म
ह्रृदय भरिने आत्मीयताका गाना ल्याई बजाऊँ म
सुतिरहेको मानवताको निन्द्रा फेरि भगाऊँ म
जीवन बाँच्नेहरुमा आशा उत्सव फेरि जगाऊँ म ।।
(स्रोत : सत्यतथ्य मासिक)