~राधा भट्टराई~
उनले सोधे मेरो बारे बाँचेकी छ भनिदिनु !
मनमुटुमा आशा धेरै साँचेकी छ भनिदिनु !!
साँझपख मेरो यादमा उन्को आँखा रसाएमा !
बगरमा लाखौँ खुशी नासेकी छ भनिदिनु !!
हरबखत उनका नयन खोज्दा होलान् मेरो छाया !
प्रेमगीत मुटुभित्रै भासेकी छ भनिदिनु !!
ओभाएका छैनन् होला उनका आँखा अझै पनि !
दिन गन्दै औँला भाच्दै हाँसेकी छ भनिदिनु !!
कैले रुँदै कैले हाँस्दै विदेशीको आँगनमा !
सम्झौतामा झुटो नाता गाँसेकी छ भनिदिनु !!
(स्रोत : सत्यतथ्य मासिक)