कविता : पप्पी फूल र गोरखाली

~राजकुमार श्रेष्ठ ‘दीप’~Raj Kumar Shrestha 'Deep'

पप्पी बनी फूलेछन् पूर्खाहरु
त्यस्तै रहेछ पौरख
पोखिएका रगतका फाल्साहरु
खै ! के गर्नु गौरव !!

चित्कार कसले सुने होलान्
पुछिँदा ती सिउँदोको
गयौ वीर बन्यौ रे तिमी
हालत के भयो जिउँदोको !

गर्भमै टुहुरो बने कति
जन्मदा लाहुरेका सन्तती
नेपाली भनी चिनिन्नौ कठै !
हाय ! वीर तिमी गोरखाली !!

(स्रोत : सत्यतथ्य मासिक)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.